जन्मदिनमा राष्ट्रपतिको शुभकामना सन्देश पाएपछि राष्ट्रकविले पुलकित हुँदै भने……

348
/fi6«klt ljBfb]jL e08f/Lsf] tkm{jf6 /fi6«slj dfwjk|;fb l3ld/]nfO{ pxfFsf] (( cf}+ hGdlbgsf] z'esfdgf ;Gb]z lbg'x'Fb} k|]; ;Nnfxfsf/ dfwj zdf{ . t:jL/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ । ‘एक शताब्दीदेखि राष्ट्रिय भावनाले ओतप्रोत नेपाली भाषा, साहित्यलाई स्तरीय बनाउने अभियानमा तपाइँका सिर्जनात्मक शतकार्य स्तूत्य छन्।’ आफ्नो ९९ औँ जन्मोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त शुभेच्छाले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई पुलकित बनायो।

जन्मदिनका दिन बिहानदेखि साहित्यिक शुभेच्छुक र आफन्तले शुभकामना दिइरहेका बेला साँझ राष्ट्रपति भण्डारीको सचिवालयबाट घिमिरेलाई सन्देश र पुष्पगुच्छा प्राप्त भएको थियो। राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ माधव शर्मा र स्वकीय उपसचिव शिव भट्टराईले सो सन्देश हस्तान्तरण गरेपछि घिमिरेले भने, “सम्माननीयज्युमा मेरो कृतज्ञता जाहेर गरिदिनुहोला।”

‘राष्ट्रकवि जस्तो गरिमामय साहित्य सम्मानबाट सम्मानित तपाइँको एक शताब्दीको सफल र क्रियाशील जीवनको प्रशंसा गर्दै शुभजन्मोत्सवका अवसरमा मंगलमय शुभकामना व्यक्त गर्दछु।’ राष्ट्रपतिको सन्देशमा प्रयुक्त भाव र भाषाशैलीको पनि घिमिरेले प्रशंसा गर्र्दै आफूलाई खुसी लागेको बताए। सन्देश ग्रहणपछि राष्ट्रकवि घिमिरेले भने, “राष्ट्रको माथिल्लो (मूल) स्थानबाट यो शुभकामना आउनु सामान्य छैन । जुन गरिमा र अभिव्यक्तिबाट आएको छ, यो विशिष्ट छ।”

यो उमेरमा पनि साहित्यिकरुपमा सक्रिय र उत्साहपूर्ण जीवन गुजारिरहनुभएका घिमिरेले यस्ता शुभकामनाले आफूलाई बाँच्न थप प्रेरणा मिल्ने प्रतिक्रिया दिए। शुभकामना दिन आएमा पाहुनालाई निवासको भुइँतलाको बैठक कक्षमा भेट्न उनी दोस्रो तलबाट भर्याङ्बाट आफैँ ओर्लिएका थिए।

उनको परिवारका सदस्यका अनुसार शनिबार बिहानदेखि शुभकामना दिन आउनेको लर्को लागेको थियो । फलफूल, माला, खादा तथा साहित्यिक पुस्तक घिमिरेलाई उपहार दिइएको थियो। राष्ट्रकविले आफू ९९ वर्ष पुगेको भन्नुको साटो १०० पुग्न एक वर्ष बाँकी भनेर मुस्कान भाव प्रस्तुत गरेका थिए।

लमजुङ जिल्लाको पुस्तुनमा १९७६ असोज ७ गते जन्मिएका घिमिरे महाकाव्य, खण्डकाव्य, कविता र गीतका सिर्जनाबाट सिद्धहस्त र लोकप्रिय छन्। उनका ‘शाकुन्तल’, ‘गौरी’, ‘किन्नर किन्नरी’ आदि कृति लोकप्रिय छन् भने ‘गाउँछ गीत नेपाली…..’ जस्ता थुप्रै राष्ट्रियभावका गीत सिर्जना गरेका छन्। उनी स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली शब्दशिल्पी मानिन्छन्।

विगत केही वर्षदेखि उनी ‘ऋतम्भरा’ महाकाव्य सिर्जनामा लागेका छन्। प्रकाशोन्मुख सो महाकाव्यको यो पंक्तिलाई उनले प्रायः उल्लेख गर्दै आएका छन्ः

‘यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी
नौला कुरा जति सुझे पनि सुझ्न बाँकी’

हँसिलो चेहराका साथ घरमा आएका पाहुनालाई बिदाई गर्दै घिमिरेले भन्नुभयो, “मैले जीवनमा पाएको चिज यति हो, धेरै कृतज्ञ छु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here