ओली भन्छन् -एमाले राष्ट्रिय एकता अभियानमा लागेको छ

137
g]skf Pdfnn] ;'? u/]sf] d]rL–dxfsfnL cleofg cGtu{t afFs]sf] g]kfnuGhdf ePsf] cfd;efnfO{ ;Daf]wg ub}{ Pdfn]sf cWoIf s]kL zdf{ cf]nL . tl:a/ M cd[tf s] ;L , sf]xnk'/ afFs], /f;;

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानमा आफ्नो पार्टी लागिपरेको बताएका छन्।

एमाले ललितपुर जिल्ला समितिद्वारा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व तथा ल्होछारको अवसरमा बुधबार आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन, कानुनी राज्य तथा शान्ति स्थापनाका लागि एमाले पार्टीले अग्रसरता लिएको बताए।

उनले देशलाई आर्थिक समृद्धिको दिशामा लैजान एमालेले सरकारको नेतृत्व गर्न आवश्यक रहेको पनि बताए।

आगामी मंसिर १० र २१ गते हुन लागेको प्रदेश र केन्द्रको निर्वाचनमा एमाले पार्टी पहिलो स्थानमा आउने उनको दाबी थियो। उनले निर्वाचनपछि एमालेको नेतृत्वमा दुई तिहाइभन्दा बढी मतको आधारमा सरकार बन्ने बताए।

चुनावमा मधेशी दललगायत नयाँ शक्ति पार्टी नेपालले एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर नै निर्वाचनमा जाने तय भएको उनले बताए। सूर्य चिन्ह लिएर चुनावमा जाने विषयमा नेकपा माओवादी केन्द्र भने टुङ्गोमा पुग्न बाँकी रहेको अध्यक्ष ओलीले जानकारी दिए।

एमालेको नेतृत्वमा निर्माण हुने सरकारले दैलेखको पेट्रोल खानी र नवलपरासीको फलाम खानी सञ्चालन गर्ने र देशभित्रै रोजगारीको अवसर सिर्जना गरेर युवा वर्गको विदेश पलायन रोक्ने अध्यक्ष ओलीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here