गोविन्द केसीले सुरु गरे १३ औँ आमरण अनशन

324

काठमाडौं । डाक्टर गोविन्द केसीले १३ ‍औँ पटक आमरण अनशन सुरु गरेका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै डा। केसीले अनशन सुरु गरेका हुन्।

असोज १३ गते डा। केसीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेट गर्दै १९ गतेअघि नै सबै माग कार्यन्वयन गर्न पहल गर्ने बताएका थिए।
तर माग पूरा गर्न पहलसमेत नगरेको भन्दै डा। केसीले पुनः अनसन बस्न बाध्य भएको बताए।

असोज ३ गते डा। केसीले चार बुँदे माग प्रस्तुत गर्दै सरकारलाई १७ दिनको अल्टिमेटम दिएका थिए। सत्र दिनमा माग पूरा नभए अनशन बस्ने उनको चेतावनी थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here