सरकारलाई राप्रपाको समर्थन

293
k|wfgdGqL lgjf; afn'jf6f/df k|wfgdGqL z]/axfb'/ b]pjfnfO{ /fli6«o k|hftGq kf6L{sf] ;/sf/nfO{ ;dy{g /x]sf] kq a'emfpFb} /fk|kfsf k|d'v ;r]ts s'GtLs'df/L zfxL, g]tf lbngfy lu/L nfufot . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थनका लागि पत्र बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राप्रपाका प्रमुख सचेतक कुन्तीकुमारी शाहीको नेतृत्वमा गएको टोलीले पार्टीका तर्फबाट सरकारलाई समर्थन रहेको भन्दै पत्र बुझाएको हो ।

समर्थन पत्र बुझाएपछि पार्टीका नेता दिलनाथ गिरीले निर्धारित समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुनिश्चितताका लागि वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए।
यसअघि आजै प्रमुख सचेतक शाहीले व्यवस्थापिका–संसद्को सचिवालयमा वर्तमान सरकारलाई समर्थन सहितको पत्र दर्ता गराएकी थिइन्।

यसैबीच राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले आज प्रधानमन्त्री देउवासँग भेट गरी मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका बारेमा छलफल गरेका छन ।

छलफलमा सरकारलाई पार्टीले समर्थन गर्ने, लोकतान्त्रिक दलबीच एकता कायम गरी चुनावमा जाने, संविधान कार्यान्वयनमा सहज वातावरण बनाउनेलगायत विषयमा छलफल केन्द्रित रहेको उपाध्यक्ष तामाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here