जनगायक खुशीराम पाख्रिन अब सम्झनामा मात्र

479

काठमाडौं / भरतपुरको जनसभामा गीत गाउँदा–गाउँदै हृदयाघात भएर निधन भएका जनवादी गायक खुशीराम पाख्रिनको ज्ञानेश्वर सामुदायिक वन नजिक अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अघि माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा पाख्रिनको शवलाई श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीको झण्डा ओडाएर पाख्रिनलाई श्रद्धाञ्जली दिएका छन् ।

 
श्रद्धाञ्जलीसभामा माओवादी नेता सूर्य सुवेदीले पार्टीको तर्फबाट शोक वक्तव्य पढेर सुनाएका थिए । भरतपुरको केन्द्रीय बस टर्मिलनमा आयोजित चुनावी सभामा गीत गाएपछि ढलेका पाख्रिनको मंगलबार उपचारको क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको थियो । माओवादीले थालेको युद्धमा परिवारका सदस्यसमेत गुमाएका पाख्रिन सहीद परिवार हुन् । उनी माओवादी केन्द्रको हाल सल्लाहकार थिए । माओवादी पार्टी विभाजन भएपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका पाख्रिन रामबहादुर थापा (बादल)को टोलीसँगै एकीकृत माओवादीमा फर्किएका थिए । चितवन निर्वाचन क्षेत्र नं. ४ मा ०७१ सालमा भएको संविधानसभा उपनिर्वाचनमा उम्मेदवार रहेका पाख्रिनको घर पश्चिम चितवनको रामपुरमा रहेको छ ।                                                                     (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here