एमालेको वैशाखीमा माके र मसालको उपलब्धि

166

हुकुमबहादुर सिंह
नेपालको संविधान २०७२ को कार्यान्वयनस“गै नेपालको राजनीतिमा केही महत्वपूर्ण परिवर्तनहरू आउने सम्भावनालाई नकार्न सकिँदैन । किनभने नेपालको राजनीतिमा लामो इतिहास बोकेका दुईबटा महत्वपूर्ण संस्थाहरूको पालैपालो अवशान भएको छ । नेपालको संविधान २०७२ को कार्यान्वयनद्वारा राजतन्त्रलाई ध्वस्त पारेर संघीय गणतन्त्रलाई संस्थागत गरिएको छ । दोस्रो २००७ सालदेखि आफूलाई सरकारको प्रतिपक्ष र लामो समय सरकारको बागडोर आफ्नो हातमा लिएको नेपाली कांग्रेसलाई नेपाली जनताले तेरो लागि प्रतिपक्ष ठिक छ भनेर यो नीर्वाचनमार्फत हदैसम्मको नसिहत दिएका छन् । नेपाली कांग्रेसको संसद् र प्रदेशसभामा सिटसंख्या करिब करीब मधेसी मोर्चाकै सरह देखिएको छ । यसको हिसाबले उसको हैसियत मधेसी मोर्चा जस्तै बनेको छ । यद्यपि जनमतको हिसाबले नेपाली कांग्रेस अझै एमालेपछिको दोस्रो ठूलो दल नै रहने निश्चितप्रायः छ । साथै माओवादी केन्द्रलगायत मसाललाई पनि यो निर्वाचनले एमालेको संरक्षणमा धकेलिदिएको छ ।

 

यदि एमालेले संरक्षण नदिएको भए, माओवादी केन्द्रको सिट संख्या यो अवस्थामा आउने थिएन भने मसालको त पूरै एमालेको सहयोग र समर्थनमा एउटा संसद् र दुईवटा प्रदेशसभामा भएको छ । उसका लागि तीन प्रतिशत पु¥याउन त्यति सजिलो देखिएको छैन । विगतको संसद्मा संघीयता विरोधी देखाएर नेपाली कांग्रेसभित्रका र एमालेभित्रका संघीयता विरोधीहरूको ममतामा हुर्किएको मसाल अहिले एमालेसितको गठबन्धनरूारा मसालका महामन्त्री मोहनविक्रम सिंहले एउटा सिट हात पारेर सन्तोषको श्वास फेरेका छन् । यदि नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव) र नेमकिपा यसरी आ–आफ्नो हैसियतमा नरहेको भए, नेपालको कम्युनिष्ट आन्दोलन केपी ओलीको बहुदलीय जनवादको भेलमा बगेर सिद्धिने स्पष्ट थियो । प्रचण्ड, मोहनविक्रम र अन्य सबै स–साना कम्युनिष्ट समूहहरू केपी ओलीको बहुदलीय जनवादको पुच्छर समाएर संसदीय भेलमा बगेर गएका छन् । आखिरमा नेपालको संविधान २०७२ले नेपालका कम्युनिष्टहरूलाई खासगरी माओवादीहरूलाई सिद्धान्त, विचार र राजनीतिबाट विचलित गराएर छाड्न सफल भएको छ । मोहनविक्रम सिंहको लामो कम्युनिष्ट इतिहास केबल एउटा संसदपद र दुईवटा प्रदेशसभाको लागि आहुती बनेको छ ।
एमालेविना अब प्रचण्डको राजनीतिक हैसियत चलमलाउन नपाउने गरी खुम्चाइदिएको छ । उनको उपयोगितावादको अन्त्य नराम्रो गरी भएको छ । बाबुरामले विगतमा अरुलाई न भाले न पोथी भनेर गिज्याउने गर्दथे, आज उनको राजनीतिक हालत त्यही भएको छ । उनको त्यो शब्द अब उनीमाथि नै बुमे¥यांग बनेर बज्रिएको छ । यो निर्वाचनले केपी ओलीको राजनीतिक उचाइ सोचेभन्दा माथि देखिन पुगेको छ । यद्यपि उनले उनीमाथि लागेको महाकाली सन्धिको कालो दाग अझै राम्ररी हटाउन सकिरहेका छैनन् । उनलाई अब यो सुनौलो मौका मिलेको छ, राष्ट्रियताको सवालमा एउटा नौलो इतिहास रच्ने । नाकाबन्दीको समयमा उनले लिएको सानो अडानले उनलाई यो अवस्था पु¥याउन मद्दत ग¥यो भने अब उनीबाट हुने नौला योजनाहरू र तिनीहरूको कार्यान्वयन नेपाल र नेपालीको उन्नति र प्रगतिका लागि कत्तिको उपयोगी हुन्छ, हेर्न बा“की छ ।                                                     hukumsingh2012@yahoo.com

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here