फेसबुकको कार्यालयमा महिलाहरुको नग्न प्रदर्शन

81

एजेन्सी / अमेरिकाको न्युयोर्कस्थित फेसबुकको कार्यालय बाहिर सयौं महिलाहरुले निर्वस्त्र प्रदर्शन गरेका छन् । महिलाहरुप्रति फेसबुकले कठोर नियम अख्तियार गरेको भन्दै सेन्सरसिप विरुद्धको राष्ट्रिय गठबन्धनले कलाकार स्पेन्सर ट्युनिकको साथमा उक्त नग्न प्रदर्शनको आयोजना गरेको हो ।

विरोध प्रदर्शनका क्रममा मानिसहरु नग्न भएर फेसबुक कार्यालय अगाडिको सडकमा सुतेका थिए र हातमा वक्षस्थलको प्रतिरुप बोकेका थिए । फेसबुकले महिलाका वक्षस्थलका तस्वीर शेयर गर्नमा बन्देज लगाएको विरोधमा न्युयोर्कमा निर्वस्त्र प्रदर्शनको आयोजना गरिएको हो ।

उक्त प्रदर्शनको नाम वि दी निप्पल राखिएको छ । उक्त ह्यासट्यागलाई सोसल मिडियामा पनि निकै प्रचार गरिएको छ । महिला प्रदर्शनकारीहरुले आफ्ना शरीरलाई पुरुषको छातीको प्रतिरुपले ढाकेका थिए । स्मरणरहोस् प्रदर्शनमा उत्रिएका टनिक न्यूड फोटोग्राफीका लागि चर्चित छन् । वर्षौदेखि उनले नग्नता विरोधी यस्ता खालका कानून तथा नीतिहरुको विरोध गर्दै आएका छन् । उनको फेसबुक पेज सन् २०१४ मा प्रतिबन्धमा परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here