हुम्ला र केन्द्रको तालमेल तथा छक्कबहादुरको छक्का

276

डा. दीपेन्द्र रोकाया
हुम्ला पुग्दा वाम गठबन्धनको जित कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको थियो । यतिखेर धेरैको वीचमा हुम्लामा वाम गठवन्धका विरुद्ध स्वतन्त्रबाट छक्क बहादुर लामाले कसरी बाजी मारे ? भनी बहस हुन थालेको छ । यसको भित्री कुरा नबुझ्नेले विभिन्न तर्क गर्न सक्छन्, तर म यस सवालमा प्रत्यक्षदर्शी हुँ । पहिलो कुरा आधिकारिक टिकटका लागि हुम्लाबाट संघमा ४ र प्रदेशका लागि ५ जनाको नाम प्रस्तावित भएको थियो, त्यो प्रदेश र केन्द्र पार्टीले जस्लाई जता पनि छनौट गर्न सक्ने स्थिति थियो । प्रदेश इञ्चार्ज शक्ति वस्नेतसँग सबै विषयमा खुल्ला छलफल भएको थियोे । टिकट काठमाडौमा बाँडिएन । एकाएक दौडादौड नेपालगञ्ज गई राति धम्बोजीको एक होटलमा बाँडिएछ ।
टिकट पाउने खुशी हुने नै भए, नपाउने एक प्रकारले असन्तोष जाहेर गर्दै थिए । मैले टिकट वितरण गर्नु अघि प्रत्यक्षमा टिकट पाइन भने स्वतन्त्र उठ्ने दावी भने गरेको थिएँ । टिकट वितरण भएपछि मेरो आफ्नो अनुसन्धानबाट थाहा पाएँ कि हरेक हिसावले दुर्घटना पर्ने खतरा देखा प¥यो । त्यसको विकल्प भनेको यसपाली पार्टीको आधिकारिकता जे जस्तो तरिकाले प्राप्त भएको छ, त्यसलाई स्वीकारी चुनावी मोर्चामा गई सघाउन पर्ने देखियो । गइयो पनि । छलफल त्यसै अनुसार भएको थियो । तर हुम्लामा जनमत र आधिकारिकतामा निकै रस्साकस्सी चल्न पुग्यो ।
आखिर छिमी लामा छक्कबहादुर लामाका सहोदर ज्वाई हुन् । यिनै ज्वाईले छक्कबहादुर लामालाई २०७० को निर्वाचनमा सहयोग नगर्नुका साथै काँग्रेस, एमालेको पैसा खाएको आरोप हाकाहाकी लाग्न थाल्यो । यसका साथै टिकट पनि ४०÷५० लाखमा किनेर ल्याएको सम्मको हल्ला चल्यो । त्यसको रिस फेर्न छक्कबहादुर लामाले वागी लडेको भन्ने देखा प¥यो । आन्तरिक रूपमा यो घटनाक्रम जे भएपनि माओवादी केन्द्रलाई प्रभाव पर्ने घटना थियो, एक जनालाई बसाल्न सकियो भने सजिलै जित्न सकिने आधार थियो । किनकि छिमी लामा केन्द्र्रिय आयोजक समिति सदस्य तथा जिल्ला इञ्र्चाज हुन् भने छक्कबहादुर लामा पार्टी पोलिट्ब्युरो सदस्य हुन् । यसैले उहाँहरूलाई सँगै राखेर छलफल गरायौ । आखिर उहाँहरू एक्लै बसेर सहमति गर्नु भयो पनि । उहाँहरू मिली सकेपछि हामीले थप टिप्पणी गर्ने ठाउँ थिएन । जिल्ला पार्टी सचिवालयका साथीहरूको नेताहरू मिली सकेपछि समर्थन जनाए नै ।
टिका लगाउने, खादा लगाई एकले अर्कोलाई सम्मान गर्ने तथा सार्वजनिक रूपमा कार्यक्रम गरी घोषणा समेत भयो ।
यसरी आधिकारिक टिकट छोडेको साँझ छिमीजी मसँगै बसेर खाना खाइरहनु भएको थियो । एकाएक दुई तिनजना भोटे युवाहरू आएर टेवुल ठोके । संजयजीले खाइरहेको भातको थाल घोप्ट्याए । हाम्रो नेताको सुरक्षा भएन भनी कराउन थाले । मलाई अचम्म लाग्यो । म भोटे खाम भाषा जान्दैन, तर मेरो र छिमीजीको चिनजान भएको २०,२५ वर्ष भईसक्यो, मसँग बस्दा सुरक्षा हुन्न भने लिएर जानुहोस् भने । उनीहरूले छिमीलाई लिएर गएका हुन्, त्यसपछि हाम्रो भेट भएन । तर भोलिपल्ट उहाँले मेरो ज्यानको खतरा भयो, घर तोडफोड हुने भयो भन्दै चुनाव हारेपनि लड्ने कुरा सुनाउन थाल्नुभयो । यो हातबाट गुमाइसकेको चरा समात्नु जत्तिकै कुरा भइसकेको थियो । यद्यपि कानुनी रूपमा केही बिग्रेको थिएन । यसैले नेकपा एमालेले आधिकारिताको आधार जनमतलाई बनाउन पुग्यो ।
हामीले सबै तरिकाले हिसाव ग¥यौ । यो विभाजित अवस्थामा कस्को कति मत आउँछ भनी हेर्दा छिमी लामालाई पच्चिस सय र छक्कबहादुर लामालाई पाँच हजार मत आउने प्रष्ट भएपछि एमालेको साढे चार हजार मत पनि केही अन्त जाने हिसाव गरी छक्क बहादुर लामालाई सर्मथन गरे सातदेखि सात सयसम्मले पार्टीको आधिकारिकताले नभएपनि आफ्नो वर्गको नेताले जित्ने देख्यौ । हामी केही साथीहरूले छिमी लगायतका साथीहरूलाई समेत सहानुभूति राख्दै उचित सम्बोधनको मागसहित आफ्नो वर्गको रक्षा गर्न स्वतन्त्र उम्मेदवारलाई साथ दिन पुग्यौ । जितायौ पनि ।
अब चुनावी कालखण्डका गल्ती कमजोरी छानवीन गरौ । को कति पानीमा थिए र छन् हेरौ । अनावश्यक वक्तब्यवाजी गर्ने र बेकारमा आफ्नै साथीहरूको छाला काट्ने गरी गर्ने गाली गर्ने परम्पराको अन्त गरौ । यहाँ हुम्लाको जनमत र राजनीतिलाई केन्द्र पार्टीले बुझ्न नसक्नु, जिल्लाका जिम्मेवार मानिएका कमरेडहरूको अर्कमन्यता र घमण्डले अर्को मोड लिएको हो । एकै घटनामा धेरै झड्का लाग्न गयो । यो स्वभाविक बनाउन आवश्यक छ । आज नेपाली निर्वाचनको परिणामको अर्को विज्ञापन हुम्ला र छक्कबहादुर लामा त्यतिकै भएका होइनन् । यसमा नाम्खा गाउँपालिका र सुनाम ग्याल्जन लामाहरू जति लाग्नु भयो, त्यसमा सर्केगाड र चंखेली गाउँपालिकाले पनि पार्टी केन्द्रका अगाडि जोखिम मोल्यो । जनता र कार्यकर्ताललाई मन परेन भने कम्युनिष्ट पार्टीमा माथिका आदेशहरू पनि नकाम सिद्ध बन्न पुग्दो रहेछ । यतिबेला हुम्लामा संघको निर्वाचनमा यस्तै भएको छ ।
यद्यपि यसको असर जिल्लामा गहिरो पर्न गएको छ । वाम गठवन्धनको फाइदाका हिसावले हुम्ला एक नम्बर प्रदेशमा नेकपा एमालेका तर्फबाट दल रावललाई जिताउन सकियो । यही रूपमा हुम्ला दुई नम्बर प्रदेशमा नेकपा (माओवादी केन्द्र) का विजय भण्डारीलाई ५२६ मतले जित हातमा परेन । देश वाममय भइरहँदा हुम्लाको माटो वाममय नै थियो, तर पनि प्राविधिक परिणामले गहिरो समिक्षा गर्न लायक स्थानमा पु¥यायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here