वाम गठबन्धन फुटाउने सकुनी खेलमा बिनोद चौधरी

410

काठमाडौं/ वाम गठबन्धनको चुनावी तालमेल बनेपछि एकाएक नेपाली कांग्रेसमा प्रवेश गरेका विवादास्पद नेपाली उद्योगपति विनोद चौधरी यतिबेला वाम गठबन्धनको सरकार निर्माण हुन नदिन सकुनी खेलाडीका रूपमा सक्रियतापूर्वक लागेका छन् । कांग्रेस सूत्रले जानकारी गराएअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले चौधरीलाई यस्तो जिम्मेवारीमा लगाएका छन् ।
लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्तमा कार्यरत रहेका बेला विनोद चौधरीलाई कर ठगी काण्डमा मुद्दा चलाउने तयारी भएको थियो । त्यो बेला प्रचण्डले विनोद चौधरीलाई कारबाही नगर्न लोकमानलाई दवाव दिएका कारण कारबाही रोकिएको बुझिएको छ । चर्चित भ्याट छली प्रकरणमा विनोद चौधरी मुछिएका भए पनि उनीमाथि कारबाही भएको थिएन । चौधरीले प्रचण्डलाई आफ्नो पक्षमा कसरी प्रयोग गरे भन्नेबारे लोकमानसिंह कार्कीसमेत आश्चर्यमा परेको आफ्ना निकटहरूबीच कार्कीले चर्चा गर्ने गरेको अख्तियारका एक कर्मचारीले जनधारणालाई जनाए ।

आफूविरुद्धको कारबाही रोक्न प्रचण्डलाई प्रयोग गर्न सफल भएका विनोद चौधरीले प्रचण्डलाई वाम गठबन्धनबाट फुटाएर कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनाउन सफलता हासिल गरिहाले पनि त्यो आश्चर्य हुने छैन । आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसाग निकट भएको दावी गर्ने चौधरीले आफ्ना दुई छोराहरूलाई विदेशी नागरिक बनाएका छन् भने विदेशी नागरिक भएका छोराहरूकै नाममा नेपालबाट पुाजी पलायन गर्ने अभियानलाई तीव्र बनाएका छन् । चौधरीले नेपालबाट उत्पादन भइरहेको वाईवाई चाउचाउ नेपाल बाहिर विभिन्न देशहरूमा उत्पादन सुरु गरेका छन् भने विदेशतिरै अन्य उद्योगहरूमा लगानी बढाएका पनि छन् । नेपालमा विदेशीहरूलाई लगानी गर्न आह्वान गरिरहेको सरकारले आफ्नो देशबाट भइरहेको पुाजी पलायनलाई भने रमिते बनेर हेरिरहेको छ ।                           (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here