जताततै चुनाव हारे पनि बधाई छ शेरबहादुर देउवालाई !

285

 राधा बुढाथोकी मगर
वाम गठबन्धन बनाएर नेपाली कांग्रेसलाई तर्साउादै प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा होमिएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेता–कार्यकर्ताहरूलाई साइजमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवा वास्तवमै सफल भएका छन् ।

 
वाम गठबन्धनका कारणबाट चुनावमा नेपाली कांग्रेसको पराजय भएकै भए पनि छुट्टाछुट्टै चुनाव लड्ने हो भने कांग्रेस कमजोर छैन भन्ने कुरा नेपाली कांग्रेसका सबैलाई थाहा छ । तर पनि वाम गठबन्धनका अगाडि कांग्रेस कमजोर बन्न पुगेको अवस्थाबीच वाम गठबन्धनलाई वाम सरकार निर्माण गर्न नदिन शेरबहादुरको प्रयास र अडानले ठूलो काम गरेको छ । यस अर्थमा शेरबहादुर देउवा बधाईका पात्र बन्न पुगेका छन् ।

 
शेरबहादुर देउवा नेपालको राजनीतिक इतिहासमा दुईपटक असक्षम प्रधानमन्त्रीको पगरी पाएका व्यक्ति हुन् । देउवा चारपटक प्रधानमन्त्री भइसकेका छन् । उनलाई प्रधानमन्त्री पदको लोभ पक्कै नहुनुपर्छ ।
त्यसैले चुनावमा वाम गठबन्धनको विजय भएको भए पनि आफ्नो पराजय स्वीकार गर्न देउवा मञ्जुर देखिएका छैनन् । देउवा अहिले पनि नेपालको राजनीतिको केन्द्रविन्दुमा छन् । देउवा नेपाली कांग्रेसको सभापति पदमा आसीन भएकै बेला भएको चुनावी पराजयका कारण पार्टीभित्र आलोचित पनि छन् । पार्टीभित्र विकसित भएको उनी विरुद्धको चलखेल वाम गठबन्धनलाई सत्तारोहण गर्न नदिने सवालमा उनले लिएको अडानका कारण चलखेल गर्नेहरू मत्थर हुनुपर्ने अवस्था विकसित भएको छ । यसकारण पनि शेरबहादुर देउवा बधाईका पात्र छन् ।

 
देउवाको पार्टीले हालै भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लज्जास्पद हार व्यहारेको छ त के भयो ? एक्ला एक्लै लड्ने हो भने नेपाली कांग्रेस कोहीभन्दा कम छैन भन्ने अडानमा रहेका देउवालाई सत्ताबाट हटाउने हैसियत वाम गठबन्धनसाग छैन भन्ने कुरा उनीहरूले राष्ट्रपतिलाई आफ्नो मिसनमा प्रयोग गर्न नसकेबाट पनि पुष्टि भएको छ । यसकारण पनि शेरबहादुर देउवा बधाईका हकदार भएका छन् ।                             (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here