काठमाडौं / पार्टी हेडक्वार्टर बैठक सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासाग भेट गरेका छन् । मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमूखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए । भेटमा अध्यक्ष प्रचण्डले सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाा सरकार गठनमा ढिलाई भएको भन्दै छिटोभन्दा छिटो राष्ट्रिय सभाको निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमूख नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्रीसागको भेटवार्तापछि प्रचण्डले एमाले अध्यक्ष केपी ओली टेलिफोन संवाद गरेका छन्। फोन वार्ताका क्रममा ओली र प्रचण्डबीच भोलि भेट गर्ने र एकता संयोजन समितिको बैठक बोलाउने सहमति बनेको छ । माओवादीको केन्द्रीय कार्यलयको बैठकमा प्रचण्डले ओलीसाग भएको टेलिफोन संवादवारे जानकारी दिएका हुन् । ‘वैठकमा अध्यक्ष प्रचण्डले ओलीजीसाग फोनमा कुराकानी भएको र छिट्टै भेट गर्ने तयारी भएको जानकारी दिनुभयो ।’ बैठकपछि माओवादी नेता देवेन्द्र पौडेलले भने, ‘उहााहरूको भेटपछि एक–दुई दिनमा पार्टी एकता संयोजन समितिको वैठक बस्ने कुराकानी भएको प्रचण्डले बताउनुभयो ।’
ओली र प्रचण्डबीच गत शुक्रबार पनि भेटवार्ता भएको थियो । त्यस अगाडि पुस १२ गते एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालकोटमा भेट भएको थियो । दुई नेताको भेटमा एक–दुई दिनभित्र पार्टी एकता संयोजना समितिको वैठक बस्ने सहमति बनेको थियो । तर, त्यसपछि पनि बैठकको मिति तय हुन सकेको थिएन । जब कि यस अघि पनि पटक–पटक बैठक बस्ने भनिए पनि बस्न सकेको थिएन ।

















