भोकै राख्ने लोकतन्त्रभन्दा भरपेट खानदिने तानाशाही ठीक

148

चन्द्रप्रकाश बानियाँ
नेपाली कांग्रेसको बुढो पुस्ता असफल भएको निष्कर्ष सम्बन्धित क्षेत्रबाट निकालिएको देखिन्छ । विद्वान् विश्लेषकहरूले त्यसै भन्छन्, युवा नेताहरूले त्यसै भन्छन्, सचेत जनताको भनाइ पनि त्यस्तै रहेको छ । सन्दर्भ केवल निर्वाचनको पराजय मात्र हो भने असफल भएको बुढो पुस्ता मात्रै हो भन्नु गलत ठहर्छ । निर्वाचनको समग्र मूल्यांकन गर्दा तन्नेरी पुस्ता पनि नराम्रोसाग पछारिएकै हो भन्नैपर्छ । सानाठूला, बुढा तन्नेरी सबै नेता कार्यकर्ताहरूको सगोल राजनीतिक भूगोलको एकीकृत संज्ञा ‘नेपाली कांग्रेस’ हो । त्यसैले यसपटकको निर्वाचनमा पराजित भएको नेपाली कांग्रेस हो । देउवा, पौडेल, सिटौला वा कोइरालाहरू मात्र पराजयका लागि उत्तरदायी हुन् भन्नु न्यायोचित हुादैन । भण्डारी, शर्मा र थापाहरूको युवा पुस्ता पनि पराजित भएको हो । पराजय सिंगो कांग्रेसीहरूको साझा आर्जन हो । निर्वाचनमा हारजीत हुादै रहन्छ । जय पराजय स्थायी कुरा होइन । एकपटक जित्नेले सधैं जित्ने र हार्नेले सधैं हार्ने भैदिएका भए आवधिक निर्वाचनको कुनै औचित्य र आवश्यकता रहादैनथ्यो । हिजो जितेकाहरूले आज हार्छन्, आज विजयश्री प्राप्त गर्नेहरूले भोलि पराजय आत्मसात् गर्नुपर्ने परिस्थिति सिर्जना भैदिन्छ । जय पराजयलाई स्वाभाविक खेल मान्ने हो भने पराजयको जस अपजस एउटा नेता वा एउटा पुस्तालई बोकाएर बााकी सबैले ‘पानीमाथिको ओभानो’ देखिने कोशिस गर्नु नादानी हो । ‘अज्ञानी र पामरहरूबाट नादानी हुन्छ’ भनेर नीतिले भन्छ । त्यसैले सर्वप्रथम एक अर्कालाई दोषी प्रमाणित गर्ने नादानीबाट सिंगो नेपाली कांग्रेस मुक्त हुनु राम्रो होलाजस्तो लाग्छ ।

 
नेपाली कांग्रेस लामो इतिहास भएको पार्टी हो । कांग्रेसविनाको नेपाली लोकतन्त्रको कल्पना गर्न सकिादैन । नेपाली जनमतले यसपटक कांग्रेसलाई किन दण्डित गर्‍यो भनेर अवश्य खोजीनीति गनुुपर्ला । गरिादै होला पनि । यहीनेर हेक्का राख्नुपर्ने कुरा के रहन्छ भने जनता सधंै इतिहास घोकेर बस्न रुचाउादैन । वर्तमानमा बााच्ने र भविष्यको स्वर्णिम सपना कुाद्ने मानिसको आम प्रवृत्ति हो । सुन्दर सपनाको संसार सजाएर बााच्न मानवसमाजले रुचाउाछ । कांग्रेसले सपना देखाउन सकेन वा कांग्रेसको कुरामा जनताले पत्यार गरेन । कांग्रेस बाहिरको कित्ताबाट सिंहावलोकन गर्दा न पछिल्लो संसदीय निर्वाचनमा कांग्रेसका एक/दुई नेता विशेष पराजित भएका हुन्, न सिंगो कांग्रेस नै पराजित भएको हो । धेरै नेताहरू निर्वाचनमा पराजित हुनुको अर्थ सिंगो कांग्रेसले हारेको हो भन्न मिल्दैन । निर्वाचन भनेको प्राविधिक विषय पनि हो । त्यसैले यसपटक कांग्रेसले अख्तियार गरेको निर्वाचनप्रविधिले हारेको हो । जनताबीच अघि सारिएको कार्यक्रमको पराजय पनि होइन । कार्यक्रमिक दृष्टिले सबै दलहरू उस्तै उस्तै लाग्थे । यसपटक पराजित भएको अर्थात् जनताले अविश्वास गरेको कुरा नेपाली कांग्रेसले समाजमा स्थापित गर्न खोजेको ‘मनोवैज्ञानकि त्रास’ थियो । त्यो अभियान जनताबाट अस्वीकृत र तिरस्कृत भएको हो । कांग्रेसले भन्यो, ‘वाम एकताले कम्युष्टि तानाशाहीको खतरा निम्तियो !’ जनताले जवाफ फर्कायो, ‘भोकै नाङ्गै राख्ने लोकतन्त्रभन्दा भरपेट खानदिने हो भने तानाशाही नै राम्रो !’ बस्, भएको कुरा यत्ति मात्रै हो । निरन्तरको गरीबी र पट्यारलाग्दो पछौटेपनबाट जनता उक्ताइसकेका छन् र मुक्तिको लागि छटपटाइरहेका छन् । त्यसैले यसपटक वाम गठबन्धनको ‘समृद्धि’को सपना मतदाताको रोजाइमा पर्न गएको हो । कांग्रेसले हारेको होइन । जनताका सपनाहरूको विजय हो यो ।

 
जय पराजयको अर्को पाटो हो– वाम गठबन्धन ! जनमतबाट वाम गठबन्धनले पााच वर्ष शासन गर्ने अख्तियारी पाएको छ र त्यसको एकमात्र शर्त हो, ‘समृद्धितर्फको यात्रा’ । मतपरिणामले अख्तियारी त दियो तर त्यो जनमतको उत्ताल समर्थन हो भन्न मिल्दैन । वामगठबन्धनको समृद्धिको नाराले आम नेपाली मतदाताहरूलाई आकर्षित गर्‍यो भन्न पनि मिल्दैन । किनकि नेपाली कांग्रेसले पनि एमालेको हाराहारीमै समानुपातिकतर्फको मतसमर्थन पाएको छ । वामगठबन्धनको विजयको कारक –माके– एमालेको संयुक्त मत हो । अर्थात् दुई मिलेर एकलाई हराएका हुन् । यो विजय प्राविधिक मात्र हो । दुई कित्ताको परम्परागत मत एक ठाउामा जोड्दा तेस्रो पक्षको भन्दा बढी देखिएको मात्र हो । बजारमा हल्ला चलेजस्तो न एमालेको राष्ट्रवादको आकर्षण हो न सगोल समृद्धिको नाराको आकर्षण हो । वाम एकता वा समृद्धिको नाराले नेपाली जनमत उत्साहित भएको परिणाम पनि होइन । वाम गठबन्धनले संसदमा कमसेकम दुई तिहाइ मत प्राप्त गरेका भए त्यस्तो मूल्यांकन स्वाभाविक ठहथ्र्यो । यसपटकको जस्तै परिणाम एक्लाएक्लै लड्दा पनि आउने गरेकै थियो । २०६४ को निर्वाचन परिणाम पनि दुरुस्त यस्तै थियो । अलिकता खस्केको भए पनि सत्तरीको निर्वाचन परिणाम पनि यस्तै थियो ।

 
हल्ला गरिएजस्तो समृद्धितर्फको यात्रा प्रमाणित होला नहोला ? वाम गठबन्धनले पााच वर्ष शासन गर्नका लागि सुविधाजनक बहुमत प्राप्त गरेको छ । सुशासन र समृद्धिको गोरेटोतिर इमान्दारीपूर्वक हिाड्ने प्रयत्न वाम गठबन्धनले गर्‍यो भने जनमत पुरस्कृत भएको मानिने छ । ‘बोकाले दार्इंको गर्जो टर्दैन’ भनेजस्तो देशको आर्थिक, भौतिक र प्राविधिक क्षमताले जनआकांक्षा परिपूर्ति गर्ने अभियानामा कति साथ देला र खोई ? भनेर प्रश्न उठाउने ठाउा यथेष्ट छ । त्यसैले परिणाममा होइन, नियतमा इमान्दारिताको मापन हुनेछ । वाम गठबन्धनको सफलता असफलताको नापो लिने साधन त्यही बन्ने छ ।

 
निर्वाचन परिणामलाई प्रभावित गर्ने तेस्रो पक्ष जनता हुन् । जनमतले न एमाले एक्लैलाई विश्वास गरेको हो न माकेलाई । जनमत समृद्धिको वाम नाराबाट आकर्षित भएको होइन भन्ने कुरा गठबन्धनमा सामेल दलहरूको परम्परागत मतमा ठूलो फेरबदल भएको नदेखिनुले सावित गरिदिएको छ । हिजो अस्ति मतदाताले जुन जुन दललाई मत दिादै आएका थिए, आज पनि त्यही त्यही दलको पक्षमा मत हाले । अर्थात् कांग्रेसलाई कांग्रेसी मतदाताले, एमालेलाई एमालेकै समर्थकले र माकेलाई माकेकै परम्परागत मतदाताले मतसमर्थन जनाए । जनमत यताको उता भएको पटक्कै देखिएन । त्यसको अर्थ जसरी कांग्रेसको नारालाई जनताले पत्याएनन्, त्यसैगरी वाम गठबन्धनको नाराले आम मतदातालई उत्साहित र आकर्षित गरेन । वाम गठबन्धनको विजय टाकटुकनको योगफल हो । वाम एकीकरणले व्यापक जनसमर्थन प्राप्त गर्‍यो अथवा समृद्धिको नाराले जनलाई बेपत्ता आकर्षित गर्‍यो भन्नु मतदाताको निराशा नबुझ्नु हो ।

 
एउटा सत्य कुरा के मात्रै हो भने ‘सरकारको अस्थिरताले विकासको गति अवरुद्ध भएको हो’ भन्ने राजनीतिक दलहरूको भनाइलाई अलिकता शंकाको लाभ नेपाली मतदाताले दिएका हुन् । वाम गठबन्धनले सरकारको स्थिरताको प्रत्याभूति गरिहाल्छ कि भन्ने आशा गरेका हुन् । त्यसप्रकारको प्रचारलाई व्यवहारमा परीक्षित हुने अवसर दिएका हुन् । एमाले–माकेको नेतृत्वले दाबी गरेजस्तो ‘वाम पार्टीहरूबीचको एकता’को पक्षमा मतादेश अभिव्यक्त भएको हो भन्ने कुरा सरासर गलत हो । वाम एकतासाग जनमतको गोरु बेचेको साइनो सरोकार छैन । जनताले खोजेको राजनीतिक स्थिरता हो । सरकारको स्थायित्व हो । वर्षैपिच्छे सरकारको फेरबललाई देखाएर नेतृत्वले आफ्नो अकर्मण्यता र अयोग्यता ढाकछोप गर्ने अवसर नपाओस् भन्ने मनसाय हो । हो, वाम कार्यकर्ताहरूमा भने पार्टी एकताप्रति अपार उत्साह देखिएको हो । कार्यकर्तापंक्तिबाट प्रदर्शित भएको त्यही भावनाले एकतामा आफ्नो हितस्वार्थ नदेख्ने नेताहरूलाई पनि ‘तै चुप, मै चुप’ को अवस्थामा बस्नुपर्ने बनाइदिएको छ । वामनेतृत्वले देखाउन थालेको पार्टी एकीकरणप्रतिको उत्कट अभिलाषको अन्तर्यमा राज्यसत्तामा लामो समय टिकिरहने लालसा रहेको छ । राजनीतिको प्रथम अभीष्ट सत्ताप्राप्ति हो । त्यसअर्थमा वामनेताहरूमा जागेको महत्वाकांक्षालाई अन्यथा अर्थमा लिनु आवश्यक छैन । तर फेरि पनि दोहोर्‍याएर भन्नै पर्ने कुरा के हो भने– नेपाली जनमतले इच्छाएको स्थायित्व र स्थिरता हो । वाम एकता सम्भव होस् वा नहोस् वाम गठबन्धनको सरकार पााच वर्ष विना बाधा अवरोध अविछिन्न रहोस् भन्ने जनताको मतादेश हो । वामहरूबीच पार्टी एकता नै भएछ भने त्यसलाई ‘सुनमाथिको सुगन्ध’ मानिएला । तर जनताको प्राथमिकताको कुरा त्यो अवश्य होइन ।

  (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here