डा. दीपेन्द्र रोकाया
सन्दर्भ विश्व भूकम्प दिवश मनाउादा पाइएको जानकारी अनुसार नेपाली जनहरूको अगाडि उपस्थित प्रवृतिगत समस्या हो । हामी जो कोहीलाई मान्छेको नैसर्गिक अधिकार के हो ? भनी सोध्दा गास, वास र कपास पहिले भन्छौ, त्यसपछि शिक्षा र स्वास्थ्य भन्थ्यौ । जनयुद्ध र जनआन्दोलनपछि रोजगार तथा खाद्य सम्प्रभुता पनि जोडेर भन्ने बानी परेको छ । अर्थात् यो कुरालाई नेपालको संविधानले हरेक नेपालीको नैसर्गिक अधिकारको रूपमा ग्यारेण्टी गरेको छ । कागजमा भएपनि मुल कानुनमा यस्ता विषय उल्लेख हुनु महत्वको कुरा हो । तर त्यो अनुसार काम गर्ने सरकार भएको महसुस आजका मितिसम्म छैन । भुकम्प गयो, ब्यापक जनधनको क्षति भयो, पुनर्निमार्ण प्राधिकरण त गठन भयो । तर उसको घिसेपिटे कामले जनताले भनेजस्तो राहत पाएनन् ।
मान्छेहरूलाई लाग्दो हो, एउटा ठुलो भूकम्प गएपछि करिव एक डेढ सय वर्षसम्म यो क्षेत्र सुरक्षित भयो । गएको २०७२ सालको भूकम्पका बारेमा गरिएको अनुसन्धानले अन्तर्राष्ट्रिय रूपमा प्रकाशित पााच वटा जर्नलमा उल्लेखित निष्कर्षबाट के अनुभव हुन्छ भने सिकिमदेखि गोरखासम्मको भाग अझै पनि सुरक्षित भएको छैन । भू–गर्भशास्त्रीहरू नै भनिरहेका छन् कि गोरखादेखि मकवानपुरसम्म ठुलो दरार परेको छ, तर पुरिएको छैन, यो संचयले जुनसुकै बेला अर्को त्यस्तै भूकम्प जान सक्छ । यसो त गोरखादेखि देहरादुनसम्मको भागमा करिब पााच, छ सय वर्ष भयो, ठुलो भुकम्प गएको छैन । यसैकारण धेरै विज्ञहरूले पाकिस्तान केन्द्र भएर भूकम्प जाादा होस् वा सिकिम केन्द्र भएर भूकम्प जाादा होस्, अब पालो पश्चिम नेपालतिर जान सक्छ भन्ने थियो । प्रकृतिको कुरा त्यसो भएन । गोरखादेखि दोलखासम्मका केन्द्रविन्दु भई साना ठुला गरी तीन सयभन्दा बढी भूकम्प जाादा पनि विज्ञहरूले पश्चिम नेपालतिरै ध्यान लगाएका थिए ।
संयोगले यस पटक कर्नाली विकास आयोगले कर्नालीको सुरक्षित एकीकृत बस्ती विकास सम्बन्धी अध्ययन गर्न अनुरोध गरेको थियो । कर्नालीका चार जिल्ला हुम्ला, मुगु, जुम्ला र कालिकोट मात्र घुम्न पायो । स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा सरकारी तथा गैरसरकारी निकायका अधिकारीहरूका आधारमा कर्नालीका प्राय: गाउाबस्ती निकै असुरक्षित देखा परे । यदि २०७२ सालको जस्तो भूईचलो कर्नाली केन्द्र भएर आयो भने कर्नालीवाशी बााच्ने चान्स निकै कम छ । कारण, ढुङ्गा र मोटा, मोटा काठले बनेका छन् । घरबाट बचिएछ भनेपनि वरपर भिरालो र ढुङ्गा खस्ने डर छ । यस्तो जोखिमका अगाडि अहिले स्थानीयवाशीका चर्मचक्षुले देखेका आधारमा कर्नालीका १०२५ गाउा मध्ये ७०४ गाउा अर्थात् ६८.६८ प्रतिशत गाउा सामान्य रूपमा सुरक्षित देखिएका छन् । यस्तै ३१८ गाउा अर्थात् ३१.०२ प्रतिशत गाउा उच्च जोखिममा रहेका छन् । यसैले कर्नालीमा भू–गर्भशास्त्रीहरूको सहयोगमा सुरक्षित एकीकृत बस्ती विकास गर्न आवश्यक देखिएको छ ।
मानव बस्तीको अध्ययन ग्रामीण सभ्यताको अध्ययनको एक महत्वपूर्ण अध्याय हो । यसका लागि बस्ती विकासको क्रमिक इतिहासको अध्ययनको खााचो पर्दछ । बस्ती मानवीय आवश्यकता परिपूर्तिको क्रममा निर्मित रचना हो । मानिसले आफ्नो आवश्यकता र सुरक्षामा ध्यान दिदै भौतिक वातावरणमा सुधार र समायोजन गरी मानव श्रृष्टिको प्रारम्भदेखि यो वा त्यो रूपमा बस्ती निर्माण गर्दै आएको छ । मानव बस्ती हुनलाई भौगोलिक अवस्थिति, आकार, स्वरूप र कार्य तथा भौतिक वातावरणले प्रशस्त मात्रामा प्रभाव पारेको हुन्छ । यसमा जनसंख्या, सामाजिक, साास्कृतिक, धार्मिक, आर्थिक, प्राविधिक र कार्यात्मक क्रियाकलापले जिवन्त प्रभाव पार्ने गर्दछ । पृथ्वीको कुन स्थानमा कहिलेदेखि बस्ती बस्न थाल्यो होला भनी किटान गर्न गाह्रो छ । यद्यपि बस्ती स्थायी वा अस्थायी, यो विकासको एक लामो इतिहास हो । जहाा उर्वरा भूमि मिल्दछ, स्थायी पानीको स्रोत भेटिन्छ, उद्योग, वाणिज्य र ब्यापारको विकास हुन्छ, सुरक्षा र आवतजावतको सुविधा हुन्छ, त्यहाा स्वभाविक रूपले बस्तीको विकास भएको पाइन्छ ।
भौगर्भिक युगका पााच कल्पमध्ये टर्सियरी ९त्भचतष्बचथ यच ल्ष्यशयष्अ भ्चब० मा पृथ्वीमा एप् म्यान (ब्उभ mबल) देखा परेका थिए । जसको उत्पत्तिस्थल सिन्धु र कर्नालीको मैदानी भाग गंगा किनारलाई मानिएको छ । त्यहीबाट नै विश्वका विभिन्न भौगोलिक वातावरणमा मानिसहरू वितरण भई स्थायी वा अस्थायी बसोबास गर्दा बस्तीको विकास भएको मानिन्छ । भू–शास्त्रीहरूका अनुसार, पशुपालन र कृषि कार्यको पारम्भ १५००० वर्ष अगाडिबाट, बस्तीको पारम्भ ६००० वर्ष अगाडिबाट र सामुहिक खेती गर्ने तथा विभिन्न धातु गलाएर फाइदा लिने काम १००० वर्ष अगाडिबाट प्रारम्भ भएको मानिएको छ । समाजशास्त्रीहरूका अनुसार, यसै समयावधिमा मान्छेहरू पूर्वी एसियाको भारत हुादै चीनसम्म र भू–मध्ये सागर हुादै बेलायतको एटलान्टिक महासागरको पूर्वीभागसम्म फैलिएका हुन् । पृथ्वीमा मानव जातिको उत्पत्तिको इतिहास ३० लाख वर्ष मानिएको छ भने नेपाल राज्यको उत्पत्तिको इतिहास करिब ४ हजार वर्ष पुरानो छ ।
यसो भएकाले नेपालमा एक सय पच्चिसभन्दा बढी समुदाय, भाषा र संस्कृतिका जनताको बासोबास रहेको पाइन्छ । नेपाली समाज विभिन्न प्रकारका अन्तर संघर्ष, अन्तर मिलन र अन्तर घुलनको अवस्थाबाट विकसित भएको हो । वर्गविहिन मातृ प्रधान अवस्थादेखि पितृ प्रधानसम्म र जंगली युगदेखि आधुनिक औद्योगिक युगसम्मको अध्ययनहरूले नेपाल विश्वकै सन्दर्भ सामाग्री बन्ने आधार बनेको छ । चाहे त्यो सर्बोच्च शिखर सगरमाथाको ढुङ्गाका आधारमा करिव छ करोड वर्षअघि टेथिस सागर बग्दथ्यो भन्ने सन्दर्भ होस् वा तिनाउ नदीको किनारमा भेटिएको रामापिथाकसको दाह्रा होस् ती प्रमाणहरूले नेपाल विश्वकै पहिलो मानव बस्ती हो भन्ने देखिएको छ ।
कर्नालीको भूगोल मुलत: हिमाल र पहाडी भूगोलमा अवस्थित छ । यद्यपि तराईको केही विशेषता पहाडी खोंच तथा वेशी गाउाहरूमा समेत भेटिन्छ । जैविक विविधताले भरिपूर्ण यस क्षेत्रको सबभन्दा पुरानो बस्ती कुन होला ? भनी अनुमान गर्न गाह्रो छ । विभिन्न स्थानीय लोक कहानीको आधार बनाएर हेर्दा नेपाली समाजमा जौा र तिललाई पहिलो र चोखो अन्न मान्ने चलन छ । यस आधारबाट स्थानीय समाजको अध्ययन गर्दा हुम्लालाई देवपुरी क्षेत्रको रूपमा ब्याख्या हुादै आएको छ । हुम्ला रादेउ गाउा निवासी महादेवका धामी सुन्दर रोकाया र डााग्री गोवधन रोकायाका अनुसार, यसै गाउाको शिरमा रहेको शेरी ज्युलामा महादेवले पहिलो पटक जौा बाली उमारी कृषि युगको शुरुवात गरेका थिए । सोही प्रशंगमा वरिष्ठ पत्रकार प्रेम कैदीले कालिकोटको रास्कोटमा पार्वतीले पहिलो पटक तिल उमारेको दावी गरेका छन् । यस भनाईका आधारमा कृषि युगको शुरुवात गर्ने यी दुई बस्ती ऐतिहासिक र पुराना बस्ती रहेछन् भनी मान्न सकिन्छ । यसका अलवा शेरा जिउला भएका क्षेत्र र ब्यापारिक केन्द्रहरू पनि कर्नालीका पुराना बस्तीहरू हुन् ।
हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाका विचारमा शिव, शंकर वा महादेव भन्ने भगवान भूगोलवेत्ता भएका कारण कैलाश पर्वतलाई भू–राजनैतिक केन्द्र बनाएका हुन् । जहााबाट चारतिर चार नदी सिन्धु, सतलज, कर्नाली र बम्ह्रपुत्र उत्पति भई निरन्तर बग्दछन्, यिनै नदी किनारका बस्तीहरू नै पूर्वीय सभ्यताका जननी देखिएका छन् । विश्वको जुन भूगोल टेकेपनि त्यो विशेषता नेपालमै पाउन सकिन्छ । नेपालीले विकसित देशको भौतिक संरचना समेत देखेका छन् । यसले गर्दा देशमा भौतिक पूर्वाधार विकास भएको देख्ने चाहना उच्च हुादै गएको छ । यस्ता भौतिक पूर्वाधार भन्नाले सडक मार्ग, रेल मार्ग, सुरक्षित एकीकृत घना बस्ती, विद्युत, खानेपानी, ढल, सिचाई आदि भन्ने बुझिन्छ । शिक्षा र स्वास्थ्यलाई सामाजिक पूर्वाधार मान्ने गरिन्छ । पूर्वाधार निर्माण तथा भौतिक संरचनाहरू भनेका हरेक देश, काल परिस्थितिको सामाजिक र आर्थिक विकासको लागि पूर्व शर्त हुन् ।
भौतिक पूर्वाधारका जानकारहरूका अनुसार, पूर्वाधार सञ्जाल र मानव बसोवासका क्षेत्रहरूको स्वरूपले देशको भौतिक विकासको सुनिश्चितता, जनजीवनको गुणस्तर, सामाजिक न्याय र समानता, समावेशिता, वातावरणीय सन्तुलनजस्ता विविध पक्षहरूमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । यसैले पूर्वाधार विकास र शहरी बस्तीको योजनाबद्ध र एकीकृत विकास विना सामाजिक–आर्थिक विकासका दीर्घकालीन लक्ष्यहरूलाई प्रभावकारी रूपमा हाशिल गर्न सकिदैन । यसैले हामी नेपालीले हेका राखौ कि रात रहे भई हाल्छ भन्ने छेपारेपन राख्यौ भने समस्या ज्युाको तिउा रहन सक्छ । यसको समयमै ब्यवस्थापन आवश्यक छ ।
(- जनधारणा साप्ताहिक)
















