एनआईसी बैंकका सञ्चालक रामचन्द्र संघई महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित

226
काठमाडौं – एनआईसी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित भएका छन् ।

विगत ३० वर्षदेखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउँदै आएका उनी त्रिवेणी ग्रुपको निर्देशक समेत हुन् ।

उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याएवापत गतवर्ष नेपाल सरकारले उनलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here