निर्वाचन मुख्यमन्त्रीको हो कि गणेशभक्तिको चयन हो ?

152

चन्द्रप्रकाश बानियाँ
केन्द्रीय संसद्ले पूर्णता नपाइसकेको भए पनि प्रदेशसभाहरू गठन भैसकेका छन् र सातै प्रदेश सरकारहरू निर्माणको संवैधानिक प्रक्रिया सुरु भएको छ । स्वभावत: चार नम्बर प्रदेशको पहिलो बैठक बस्ने नै भो, बस्यो र अन्तरिम कार्यसूचि पारित गर्‍यो । अब चााडै नै प्रदेशले नयाा सरकार पाउनेछ । अवश्य, प्रदेशसभाको पहिलो बैठक सबैका लागि उत्सुकताको विषय रहने नै भो । बैठक बस्यो, भाषणभूषणहरू भए । नेताहरूले आकाशको तारा पृथ्वीमा झार्ने तिलस्मी गफ छााटे । नयाा मान्छेहरूबाट त्यस्ता गफ आएका भए त सायद जनताले ‘हो कि त’ भनेर पत्याउादा पनि हुन् । त्यसरी गफले आकाशपाताल जोड्नेहरूमध्येका अधिकांश पूर्वपरिचित अनुहार नै थिए । हिजोसम्मको उनीहरूको असफलताको एक मात्र कारण देश संघीयतामा नजानु थियो भनेझैं गरी सत्तामा, सरकारमा, प्रतिपक्षमा जताततै असफल सिद्ध भएका अनुहारहरूले अपत्यारिला वक्ताव्यबाजी गर्न पटक्कै लाज मानेनन् । त्यसरी उत्ताउलिएर बोल्दा संघीयताको माग आफूहरूको थिएन भन्ने कुराको हेक्का राखेको पनि देखिएन । सबभन्दा ठूलो हाासो ठट्टाको पात्र त जनमोर्चाबाट निर्वाचित सभासद् बने । उनको पार्टीले गर्दै आएको संघीयताको अखण्ड विरोधलाई पददलित गर्दै मुुलुकमा संघीय संविधान बन्यो । त्यही संविधान कार्यान्वयनको सन्दर्भमा निर्वाचन आयोजना गरियो । संघीयताका पक्षधर पार्टीहरूसागको तालमेलबाट जनमोर्चाका एकजना सांसदले प्रदेशसभामा प्रतिनिधित्व गर्ने अवसर पाए । उनै सांसदले फेरि पनि संघीयताप्रतिको आफ्नो पार्टीको असहमति दोहोर्‍याए । उही संविधान, उही व्यवस्था, उही प्रावधानअन्तर्गत चुनाव लड्ने, संसद्मा जाने, भत्तासुविधा कुम्लयाउन पनि नछोड्ने र त्यसैको विरोधको विसुरा राग अलाप्न नछोड्ने उनको चर्तिकला पोखराको बजारचर्चाको विषय बनेको छ ।

 
हो, विभाजनले कमजोर बनाउाछ । जयस्थिति मल्लका नाति यक्ष मल्लले उपत्यकाको आफ्नो राज्य छजना छोराहरूलाई अंशबण्डा गरिदिए । उनका दृष्टिमा आफ्नो सम्पत्ति सबै छोराहरूलाई समान हकदार मानेर बााडचुड गर्नु न्यायकै विषय ठहरेको हुादो हो । वंशाणुगत उत्तराधिकारमा प्राप्त भएको राज्य उनको निजी सम्पत्ति थियो । आफ्नो सम्पत्तिको तजबिजी अधिकार उनीसाग रहने नै भो । किनकि तत्कालीन समयमा राजाहरूले राज्यलाई आफ्नो निजी सम्पत्ति ठान्थे । आफ्नो पुरुषार्थको कमाइ ठान्थे । पूर्वजुनीको पुण्यको प्रतिफल मान्थे । पृथ्वीनारायण शाहले पनि ‘यो मुलुक मेरा साना दु:खले आज्र्याको होइन’ भनेका छन् । आफ्नो आर्जन आफूखुशी प्रयोग वा वितरण गर्नु पाउनु स्वाभाविक मानिने नै भो । तर जयस्थिति मल्लका नातिले गरेको राज्यविभाजनको परिणाम कालान्तरमा प्रत्युत्पादक बन्यो । ससाना राज्यमा विखण्डित भएको मुलुकहरू आर्थिक र सामरिक रूपमा कमजोर हुन गए । त्यही कारणबाट उपत्यकामै तीनवटा राज्यहरू बने, आपसी रिस, डाह, ईष्र्याका कारण सधैं कुकुर बिरालाझैं झैझगडामा अल्झिए, आपसमा शत्रुता र मनमुटावको परिस्थिति निर्माण भयो । त्यही कमजोरीको फाइदा उठाएर पृथ्वीनारायण शाहले उपत्यकामाथि विजयश्री प्राप्त गर्ने अवसर जुटाए ।

 
सिंगो मध्य र पूर्वी तराई ओगटेका चौबीसी राज्य पाल्पा एउटा बलियो राज्यको रूपमा उदाएको थियो । मणिमुकुन्द सेनले राज्य विभाजनको गल्ती दोहोराए । आफ्ना छोराहरूलाई राज्यको अंशबण्डा गरिदिए । पाल्पाको विभाजनबाट जन्मिएको कमजोर राज्य मकवानपुर पृथ्वीनारायण शाहको विजय अभियानको पहिलो शिकार बन्यो । दुरुस्तै त्यस्तै उदाहरण अर्को चौबीसी राज्य पर्वतमा पनि दोहोरियो । सोह्रौं शताब्दीको अन्ततिर तत्कालीन राजा प्रतापीनारायण मल्लले आफ्नो राज्य तीनभाई छोराहरूबीच अंशबण्डा गरिदिए । जेठा छोरालाई गलकोट, कान्छालाई कास्कीकोट र माहिला छोरालाई पर्वतराज्य अंशभाग लाग्यो । त्यसरी विखण्डित भएको पर्वतराज्यले गोरखाको विजय अभियानलाई लामो समयसम्म चुनौती दिादै रह्यो । पाल्पा र गोर्खाको संयुक्त शक्तिको बलमा पर्वतमाथि गोरखाले विजय प्राप्त गर्‍यो । गोर्खाको पञ्जामा पर्ने पर्वत चौबीसी राज्यमध्येको आखिरी राज्य थियो । पर्वतको विभाजन नभएका भए सम्भवत: गोर्खाको दाल गल्ने थिएन होला । काठमाडौं, पाल्पा र पर्वतका राजाहरूले लिएको गलत निर्णयको परिणामस्वरूप कालान्तरमा राज्यको अस्तित्व गुमाउनुपर्ने दुर्भाग्य निम्तिएको थियो । ती तीनवटा राज्यहरूको विभाजन विखण्डन नभएका भए गोर्खाको विजय अभियान सफल हुादैन थियो होला ।

 
सायद त्यही ऐतिहासिक दुर्घटनालाई दृष्टिगत गरेर होला राष्ट्रिय जनमोर्चा नामको पार्टीले देशलाई प्रदेशहरूमा विभाजन गर्ने कुराको सधैं विरोध गर्दै आएको छ । संघीयता भनेको राज्यको विखण्डन होइन । प्रशासनिक व्यवस्थाको परम्परागत ढााचाको पुनर्संरचना मात्र हो । त्यसैले संघीयताले देश विखण्डन निम्तन्छ भन्नु तर्कसंगत कुरा होइन । हो, त्यसको सम्भावनालाई पूर्णत: इन्कार गर्न भने मिल्दैन । तर हेक्का राख्नुपर्ने कुरा के हो भने देशको विभाजनको सम्भावना संवैधानिक प्रावधानमा निर्भर रहने कुरा हो । संविधानत: संघबाट अलग हुने अधिकार छैन भने राज्य टुक्रिन सक्तैन भन्ने कुराको हेक्का नभएका कारणले आतंकित भएको हो अथवा आफूलाई फरक कित्ताको राजनीतिक दल हो भनेर प्रमाणित गर्नका लागि मात्र संघीयताको विरोध गरिटोपलिएको हो भनेर किटान गर्न सकिादैन ।

 
नेपालको मध्यकालीन इतिहासमा पर्वत, पाल्पा र काठमाडौं विभाजित हुनुमा तत्कालीन शासक मात्रै जिम्मेवार थिए भन्न मिल्दैन । उनीहरूका सन्तानहरूमा विकसित भएको महत्वाकांक्षा पनि राज्यविभाजनको महत्वपूर्ण कारण अवश्य रहेको हुादो हो । कीर्तिपुरेसागको लडाइामा एउटा आाखो गुमाएका शुरप्रताप शाहले उपत्यका विजयपछि पाटनको गद्दी अंशभागमा मागेका थिए भनेर इतिहासमा लेखिएको छ । अर्थात् ६/७ वटा राज्यहरूमा विजय प्राप्त भएपछि गोरखाजस्तो संकुचित क्षेत्रमा हुर्केका पृथ्वीनारायणका भाइभारदारहरूमा विस्तारित राज्यको सानोतिनो अंश आफ्नो भागमा पनि पर्छ भन्ने आशा रहेको हुादो हो । लडाइामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अन्य लडाकु सरदारहरूले मुख फोर्न नसके पनि त्यस्तो महत्वाकांक्षा पाल्ने शुरप्रताप एकजना मात्रै थिए भन्न मिल्दैन । भाइभारदारहरूको दबाब झेल्ने सामथ्र्य नभैदिएका भए पृथ्वीनारायण शाह पनि राज्यविभाजनका निमित्त बाध्य पारिादा हुन् । त्यस्तो अवस्थामा यतिखेरसम्म नेपालले चर्चेको सिंगो भूभाग एककित्ता हुन नसके पनि ससाना अनेक राज्यको रूपमा अस्तित्ववान् रहने थियो । पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण नगरेका भए नेपालको अस्तित्व रहादैनथ्यो भन्ने कुरा भने तर्कसंगत लाग्दैन । एकीकरणबाट देश बलियो बनेको हुनाले इष्टइण्डिया कम्पनीको शिकार हुनबाट जोगिएको हो भन्ने मान्यता तथ्यले गलत सावित गर्दछ । पहिलो कुरा त सुगौली सन्धीमा हस्ताक्षर गर्न नेपाल बाध्य हुनुको कारण आग्रेजसागको युद्धमा नेपाल पराजित हुनु हो । आग्रेजले चाहेका भए लडाइामा पराजित भएको मुलुक सिंगै कब्जा गर्न सक्तथ्यो । तराई मात्र लिएर बााकी हिमाल पहाड छोड्ने थिएन । अर्को कुरा चीन–तिब्बतको सिमानामा बलुचिस्तान, कास्मीर, सिक्किम र भूटानजस्ता नेपालभन्दा साना र कमजोर राज्यहरूको अस्तित्व आग्रेज उपनिवेशकालमा निरन्तर अक्षुण रहेको देखिन्छ । भूटान, सिक्किम, कास्मीरलाई जुन कारणले आगेजले लिन चाहेन त्यही कारणले नेपालको अस्तित्व जोगिएको हो भन्ने कुरा दिनको घामजत्तिकै स्पष्ट छ । र तत्कालीन नेपालको विभाजन भैहालेका भए पनि एक वा एकभन्दा बढी राज्यहरूको अस्तित्व यस क्षेत्रमा बााकी रहन्थ्यो भनेर अनुमान गर्न सकिन्छ ।

 
वर्तमान नेपालमा संघीयताको माग फरक कोणबाट उठेको थियो । अलग प्रदेशको माग गर्ने अनेक शक्तिहरूमध्येको एउटा मधेशले मात्र सफलता पायो । मधेशलाई अलग प्रदेशको मान्यता नदिइ नहुने परिस्थितिले बााकी मुलुक छवटा टुक्रा पर्ने अवस्था उत्पन्न भएको हो । मधेशबाहेक अन्य छवटा प्रदेशहरूको वर्तमान आकार, आकृति र भूगोल कसैको माग थिएन । खण्डखातिरबस प्राप्त भएको प्रदेशको मुखियालीका लागि अनेक ‘शुरप्रताप’हरूबीच प्रतिस्पर्धा चलिरहेको छ । स्वभावत: चारनम्बर प्रदेश पनि मुख्यमन्त्री जन्माउने प्रशवपीडामा छ यतिखेर ! निर्वाचन परिणाम र वामगठबन्धनको भागबण्डाले एमालेको भागमा परेको यस प्रदेशको मुखियालीको लागि दुई पहलमानहरू अखाडामा उत्रिएका छन् । लिगलिगे दौडबाट राजा छान्ने ऐतिहासिक परम्परा रहेको क्षेत्र पनि हो यो । यसपटक फरक खालको दौडको आयोजना हुने संकेत देखिएको छ । उसो त नेतृत्वको आशिर्वाद प्राप्त गर्नका लागि ‘गणेश परिक्रमा’को विशिष्ट उद्यम चलेकै होला । पार्टीहरूमा महादेवहरू एकभन्दा बढी भएको हुनाले गण्ेशहरूको संख्या पनि एकभन्दा बढी देखिनु स्वाभाविक हो । हो, यसपटकको लिगलिगे दौड सबैका लागि खुला छैन । यो दौड गणेशहरूका लागि मात्र हो । अखण्ड भक्तिबापत आ–आफ्ना महादेवहरूबाट आशिर्वाद प्राप्त गरेका गणेशहरूबीच प्रतियोगिता हुुाुुुदै छ र यस प्रदेशका लागि भने ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेजस्तो परिस्थिति छ । अर्थात् मुख्यमन्त्री को होला भन्ने उत्सुकता उति चर्को छैन ।

  (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here