क्रान्तिकारीबीचको एकता र ध्रुवीकरण

149

हुकुमबहादुर सिंह
यही फागुन १ गते नेपालका दुई माओवादी पार्टीहरू नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाले २३औं जनयुद्ध दिवस भव्यताका साथ मनाए । उक्त अवसरमा नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका लोकेन्द्र विष्ट, गोपाल किरााती र आहुतीको उपस्थितिले पनि यो उत्सवलाई अझ गौरवान्वित र भव्य बनाएको थियो । उक्त अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणले नेपालमा अझ पनि सर्वहारा वर्गीय क्रान्तिको आवश्यता छ र त्यो सम्भव छ भनेर भन्दा समारोहमा तालीको गडगडाहट थियो । त्यसमा उहााले उक्त क्रान्ति नेपालका सबै क्रान्तिकारी कम्युनिष्टहरूलाई एकीकृत र ध्रुवीकृत गरेर मात्रै सम्भव छ भन्नेमा जोड दिनुभयो । उहााले जोड दिंदै भन्नुभयो, जसरी यो समारोहमा नेकपा (माओवादी केन्द्र)बाट विद्रोह गरेर केही कमरेडहरू यस समारोहमा भाग लिन आउनु भयो र भावी क्रान्तिबारे जे जस्ता भनाइहरू उहााहरूले राख्नु भयो त्यसले के सन्देश दिएको छ भने नेकपा (माओवादी केन्द्र)भित्र अझै पनि काफी मात्रामा क्रान्तिकारीहरू हुनुहुन्छ र उहााहरू प्रचण्डसित एमालेमा विलयमा नजाने मनस्थिति बनाइरहनु भएको छ र त्यसलाई उक्त पार्टीभित्रबाट विद्रोह गर्न सफल कमरेडहरूले गति दिनु हुनेछ । उहााले जोड दिंदै भन्नुभयो अबको नेपाली क्रान्तिमा आम देशभक्त तथा जनतन्त्रवादी शक्तिहरू पनि गोलबन्द हुनुहुनेछ किनभने ‘वाम गठबन्धन’ले देशलाई अझ बढ्ता विदेशी दलालहरूको इशारामा सञ्चालित गर्ने स्पष्ट देखिादै छ ।

 
के स्पष्ट भएको छ भने नेकपा एमाले र नेकपा माके दुवै दिल्लीको आशिर्वाद र यसको हैकमलाई तोड्न सक्ने छैनन् । प्रचण्डले त पहिले नै नेपाललाई भुटानको हैसियतमा राख्ने गरी २५ बुादे सहमति गरिसकेका हुन् । त्यसैले उनी दिल्लीको इशारालाई मानिसकेका हुन् । अर्का नेता जो नेपालका भावी प्रधानमन्त्रीका रूपमा भारतीय प्रधानमन्त्री मोदीबाट अहिले नै (प्रधानमन्त्री नहुादै ) दुई/दुई पटक बधाई र भ्रमणको निम्तो पाइसकेका छन् । भारतसितको महाकाली सन्धि उनको विगत हो, यद्यपि उनले बीचमा भारतको नेपालमाथिको नाकाबन्दीका अगाडि आफूलाई नेपाली जनताको पक्षमा उभ्याएका थिए र नेपालको अर्को छिमेकी चीनसित पारवहन र व्यापार सम्झौता गर्ने साहस देखाएका थिए तर अहिले उनले त्यसलाई ओझेलमा पार्ने गरी जुन काम गरे त्यसले नेपालका आम मतदाता जसले उनलाई विगतको निर्वाचनमा मत दिएर भावी प्रधानमन्त्रीका रूपमा उभ्याएका छन्, उनीहरूप्रति अहिले गम्भीर धोका दिने काम गरेका छन् । बेमौसममा र गलत समयमा भारतीय विदेशमन्त्री सुष्मासित काठमाडौंमा आफ्नो हैसियतभन्दा तल झरेर भेटघाट गरे र उनीसित केही गोप्यवार्ता पनि गरे । यसका लागि भनिन्छ उनी बैंकक गएको समयमा त्यहाा भारतीय रअका मानिससित पनि भेटे, जसका लागि उनले आफ्नो पार्टीको नेता प्रदीप ज्ञवालीलाई दिल्ली पठाएर त्यसको चााजापााजो मिलाएका थिए र त्यसको लगत्तै सुष्मा काठमाडौं भ्रमण भएको थियो । त्यसैले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिवको माथि उल्लेखित राष्ट्रियतासम्बन्धी आन्दोलनको भनाइ सान्दर्भिक देखिएको छ । किनभने नेपाली क्रान्तिले फ्यााक्न खोजेका दुई पहाड—सामन्तवादी र साम्राज्यवादी तथा विस्तारवादी पहाडमध्ये पहिलोको प्रतिनिधित्व गर्ने राजतन्त्र छैन र देशमा गणतन्त्र आएको छ, यद्यपि सामन्तवादका जराहरू नेपालको सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक हरेक क्षेत्रमा फैलिएका छन् । तर दोस्रो साम्राज्यवादी तथा विस्तारवादी पहाड अझ झन् अग्लो बन्दै गएको छ । उक्त पहाडलाई ध्वस्त नपारी नेपालको स्वतन्त्रता र सार्वभौमिकता माथिको कालो बादल यथावत् रहने र नेपालमा वाम गठबन्धन वा अन्य कुनै नाममा आउने गठबन्धन केबल दिल्लीको इशारामा उसकै खटनपटनमा काम गर्ने नै हुनेछ । त्यसैले पनि नेपालमा अर्को क्रान्तिको आवश्यकता छ र त्यसमा नेपालका आमक्रान्तिहरूबीचको एकता र ध्रुवीकरण अनिवार्य शर्त बन्न गएको छ । साथै केपी ओलीमाथि उठेका माथि उल्लेखित आरोपहरूबारे स्पष्टसित जनताका बीचमा उनले भन्नका लागि आमदबाबको आवश्यकता छ । त्यसका लागि पनि नेपालका आमक्रान्तिहरूबीचको एकता र ध्रुवीकरण अनिवार्य शर्त बन्न गएको छ । singhhukum683@gmail.com

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here