फोनिज अध्यक्षमा राज्यलक्ष्मी

192

काठमाडौं / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाको अध्यक्षमा राज्यलक्ष्मी शाक्य चयन हुनुभएको छ । स्वाभिमान नेपाल मासिककी प्रबन्ध निर्देशक समेत रहनु भएकी शाक्य अध्यक्षमा चयन हुनु भएको हो । काठमाडौंमा शुक्रबार भएको अधिवेशनले अध्यक्षमा शाक्यलाई चयन गरेको छ भने उपाध्यक्षमा पूर्ण दुवाल, सचिवमा रोजिना लामा, सहसचिवमा लक्ष्मी चौधरी र कोषाध्यक्षमा निशा तामाङसहित १३ कार्य समिति चयन गरिएको छ । अधिवेशनले २२ संघिय प्रतिनिधि र ३ प्रदेश प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here