नेपालकोे हितमा होला मोदीको नेपाल भ्रमण ?

175

–निमकान्त पाण्डे
प्रधानमन्त्री केपी ओलीले भारतको औपचारिक भ्रमण सम्पन्न गरेको अझै एक महिना बितेको छैन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउने चाहना व्यक्त गरेका छन् । यो संयोगप्रति व्यापक आशंका बढेको छ । आशंका बढ्नुमा नेपालप्रति भारतको वक्रदृष्टि हो भन्ने कुरा स्पष्ट छ । भारतले नेपाललाई हेर्ने दृष्टिकोण अत्यन्त ‘ठालू’ पाराको छ । ठालू यसकारण कि, भारतले नेपाललाई आपूm मातहतको एउटा सानो राज्यको रूपमा व्यवहार गर्न खोज्दछ । विगतकालमा यही अनुभूति भएको छ आम नेपालीहरूमा ।

 
भारत सरकारले नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न छिमेकी मुलुक हो भन्ने यथार्थलाई आत्मसात् गर्न सकिरहेको छैन । नेपाललाई सानो मुलुकको रूपमा भारतले व्यवहार गर्न चाहेको स्पष्ट हुन्छ । खुला सिमाना र तीनतिर भारतवेष्ठित भएका कारण नेपाललाई भारतको सहयोग अपरिहार्य जस्तै छ । उत्तरतिरको छिमेकी मुलुक विश्वकै धनी बन्ने प्रतिस्पर्धामा रहेको तर उत्तरतिरको नेपालको सिमाना प्राकृतिक रूपले नै जटिल रहेको कारण नेपालको विकासमा दक्षिणको सहयोग आवश्यक हुन पुगेको छ । परन्तु दक्षिणको शासकवर्ग नेपालको हितमा प्रस्तुत हुन चाहेको पाइँदैन । पटक–पटक भइरहने सीमा अतिक्रमण र नेपालको जलसम्पदामाथि आफ्नो कब्जा जमाउने दक्षिणी छिमेकीको चाहनाले गर्दा नेपालको सम्बन्ध सदैव तिक्ततापूर्ण रहँदै आएको छ । मोदी उदाएपछि झन् जटिल बनेको छ सम्बन्ध ।
६ दशकदेखि नेपाली जनताले बनाउन चाहेको तर बनाउन नपाएको संविधान ०७२ सालमा ८ वर्षको संविधानसभाको अथक प्रयत्नपछि जारी भयो । यति ठूलो संघर्षपश्चात् तयार गरिएको संविधानलाई दक्षिणको छिमेकीले अस्वीकार गरिदियो । यही संविधानलाई आधार बनाएर ६ महिनासम्म नाकाबन्दीसमेत ग¥यो । छिमेकीको यो दुव्र्यवहार जतिसुकै निन्दा गरे पनि कम हुन्छ । तर नेपाली मन हो, संसारभरि शान्तिको सन्देश प्रवाह गर्ने गौतम बुद्धले जन्म लिएको नेपाल हो, छिमेकीप्रति नेपाल र नेपाली जनताको शत्रुतापूर्ण भावना लामो समयसम्म रहन सकेन । नाकाबन्दीमा सहनु परेको कष्ट सबै बिर्सिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका निम्ति नेपाल र नेपाली जनता तयार भएर बस्नुपरेको अहिलेको यथार्थ हो ।

 
ओलीको भारत भ्रमणलगत्तै मोदीको नेपाल भ्रमण आलोचनाको विषय पनि बनिरहेको छ । भारतका प्रधानमन्त्रीबाट निम्तो प्राप्त भएपछि भ्रमणमा जानु हाम्रा प्रधानमन्त्री केपी ओलीको बाध्यता नै हो भन्नुपर्दछ । खुला सिमाना रहेको, रोटीबेटीको सम्बन्ध रहेको, भाषा र संस्कृतिको सम्बन्ध रहेको छिमेकी देशबाट भ्रमणका निम्ति अनुरोध आएपछि स्वाभाविक रूपमा त्यो भ्रमण हुनुपर्दथ्यो, भयो । केही पक्षबाट भारतको भ्रमण नगरी चीनको बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली जानु पर्दथ्यो भन्ने आशयका टिप्पणी पनि आएका छन् । स्वयं चीनका तर्फबाट भने प्रधानमन्त्री ओलीले पहिले चीनको भ्रमण गर्नुपथ्र्याे भनेर कुनै प्रतिक्रिया जनाएको पाइएको छैन, अर्थात् भारतको भ्रमण पहिले किन ग¥यौ भनेर नेपालका प्रधानमन्त्रीलाई चीनले कुनै गुनासो व्यक्त गरेको छैन । नेपालका केही आलोचकहरूले मात्र प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई ठूलो मुद्दा बनाएको देखिन्छ । हुन त आलोचकहरूबाट आएका आलोचनाहरू पनि तर्कसंगत नै देखिन्छन् । भारतको नेपाललाई हेर्ने दृष्टिकोण नै सकारात्मक हुन नसकिरहेको अवस्थाले गर्दा भारतप्रति सशंकित भइरहनु नेपालीहरूको बाध्यता रहन गएको छ । परन्तु प्रधानमन्त्री केपी ओलीले भारतको निमन्त्रणालाई अस्वीकार नगरेर भारत भ्रमण गर्दैमा चीनसँगको सम्बन्ध बिग्रिन्छ भन्ने सोचाइ नितान्त गलत हो भन्ने लाग्दछ । चीन विश्वकै शक्तिशाली देशका रूपमा उकालो चढिरहेको एउटा सभ्य सामाजिक संस्कार भएको मुलुक हो । यो मुलुकले कुनै पनि देशमाथि आफ्नो हैकम कायम गर्न चाहना गरेको पाइँदैन । विश्वका सबै मुलुकसँग समान सम्बन्ध बनाउन संकल्पित भएर लागिरहेको यो मुलुकका लागि नेपालले आफ्नो छिमेकी भारतसँग सुमधुर सम्बन्ध बनाएको हेर्न चाहनु स्वाभाविक हो । भारतसँग नेपालको सम्बन्ध बिग्रनु भनेको चीनका निम्ति पनि टाउको दुःखाइको विषय बन्न पुग्ने हुन्छ । त्यसैले भारत र नेपालको सम्बन्धप्रति चीनको सहयोगी भूमिकाको अपेक्षा गरिनु स्वाभाविक हो ।

 
छिमेकी देश भारतले पनि ६ महिनासम्म नेपालविरुद्ध नाकाबन्दी गर्दा नेपालमा भारतविरोधी भावना निकै गुणात्मक फड्को मारेर वृद्धि भएको यथार्थलाई हेरिरहेको छ । त्यही यथार्थलाई मध्यनजर गरी नेपालसँग सम्बन्ध सुधार्ने चाहना भारतले गर्नु स्वाभाविक हो । नेपालप्रति भारतको सहयोगी भावना नभए पनि नेपाल विरुद्धको भावना नभइदिए हुन्थ्यो भन्ने आम नेपालीको चाहनालाई भारतीय शासक वर्गले बुझ्न सक्यो भने त्यो नै नेपालका लागि ठूलो उपलब्धि हुनेछ ।
प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा नेपालको अहितमा कुनै काम गरेका छैनन् भनेर नेपाली जनताले विश्वास गरिरहेको अवस्था छ । परन्तु कोशी उच्च बाँध सम्बन्धमा जुन किसिमका चर्चा बाहिर आएका छन्, ती चर्चाले आशंका जन्माएको छ । सरकारका तर्पmबाट कुनै प्रतिक्रिया नआउनु झनै ठूलो विडम्बना भएको छ । नेपालको अहितमा छ भन्दाभन्दै कोशी उच्चबाँध प्रधानमन्त्री केपी ओलीबाटै भारतलाई उपहार चढाइएको हो भने त्यसले ऐतिहासिक कमजोरी साबित गर्ने निश्चित छ । प्रधानमन्त्री केपी ओलीले सम्पन्न गरेको भारत भ्रमणको नकारात्मक चर्चा भइरहेको अवस्थामा भारतका प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गर्नुका पछाडि के कारण होला भनेर नेपाली जनमानसमा ठूलो आशंकायुक्त जिज्ञासा बढाएको छ ।

 
प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विगतमा भएका असमान सन्धिसम्झौताहरू खारेज गर्नुपर्दथ्यो भन्ने खालका अपेक्षा गरिएका टिप्पणीहरू पनि आएका छन् । अरुले गरेका सन्धिसम्झौताहरू केपी ओलीबाटै खारेज गरिनुपथ्र्याे भन्ने अपेक्षा गरिनुले केपी ओलीप्रतिको विश्वासलाई बढाएको संकेत गर्दछ । अरुबाट भएका राष्ट्रघाती कामहरू केपी ओलीले नै सच्याएर अगाडि बढ्नुपर्छ र नेपाललाई समृद्धितिर बढाउनुपर्छ भन्ने अपेक्षा नेपाली जनमानसमा देखापर्नु स्वयं प्रधानमन्त्री केपी ओलीको निम्ति सौभाग्य पनि हो । यस्तो सौभाग्य जो कोहीले पाउँदैन । नेपाल र भारतबीच यसअघि भएका कुनै पनि सन्धिसम्झौताहरू असमान छन् भन्ने दाबी नेपाली पक्षको रहँदै आएको छ । भारतपक्षबाट नेपाल–भारतबीच भएका सन्धिसम्झौताहरू असमान रहेको भनेर टिप्पणी भएको पाइएको छैन । यसबाट पनि पुष्टि हुन्छ, नेपाल र भारतबीच भएका सन्धिसम्झौताहरू नेपालको हितमा छैनन् । त्यसैले नेपालको अहितमा भएका सन्धिसम्झौताहरू खारेज गरिनुपर्छ, नवीकरण गरिनुपर्छ, समयानुकूल गरिनुपर्छ, सम्मानजनक र समान हैसियतमा गरिनुपर्छ भन्ने चाहना नेपाली पक्षको रहनु स्वाभाविक हो । नेपालका प्रधानमन्त्रीले नेपाली जनताको यही चाहनालाई बुझेर छिमेकी देश भारतसमक्ष नेपालको अहितमा रहेका सन्धिसम्झौताहरू सच्याउन प्रस्ताव गर्न सक्नुपर्दछ । मित्रवत् सम्बन्धको संकेत नियमित भेटघाटले गरिरहेको छ । यो मित्रवत् सम्बन्धलाई आपसी हितको सवालमा उपयोग गर्न सकिएन भने इतिहासले पश्चाताप मात्र गराउने निश्चित छ । आगे कमरेड केपी ओलीकै मर्जी !

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here