स्वदेशमा लगानी र उत्पादन नै राष्ट्र समृद्धिको आधार हो

668

                                                           विष्णुपुरुष श्रेष्ठ
अध्यक्ष, राष्ट्रवादी उद्यमी व्यवसायी महासंघ

गार्मेण्ट तथा वासिङ उद्यममा लामो समयदेखि आबद्ध विष्णुपुरुष श्रेष्ठ राष्ट्रवादी उद्यमी व्यवसायी महासंघका अध्यक्ष हुन् । उनले काठमाडौंको सतुंगल क्षेत्रमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् । नेपालमा नै लगानीको वातावरण निर्माण कसरी गर्ने, व्यवसायीका समस्या, चुनौती केके हुन् र कसरी समाधान गर्न सकिन्छ भन्ने विषयलाई अभियानको रुपमा अगाडि बढारहेका उनी एक अभियन्ता पनि हुन् । धादिङ स्थायी घर भएका श्रेष्ठ पहिले खेलाडी थिए । खेल क्षेत्रमा कहिलै दोस्रो नभएका श्रेष्ठ एक समय विदेश जाने मनस्थितिमा थिए । तर, विभिन्न परिस्थितिवश उनी उद्यमी बन्ने दिशामा अघि बढे । धार्मिक प्रवृत्तिका श्रेष्ठलाई जहिलै नै आफू को हो र यस धर्तीमा जन्म लिनुको कारण के हो भन्नेबारे जिज्ञासा थियो । सोही क्रममा साथीले लिएको ऋण तिर्न नसकेपछि ऋणबापत पाएको मेशिनले उनले गार्मेण्ट सामग्री उत्पादन गर्न थाले । त्यसपछि उनले व्यवसायमार्फत नै रोजगारी सृजना गरी आफ्नो जीवन सार्थक बन्ने देखे ।

 
चुनौती र अवसर दुवै एकै सिक्काको दुई पाटा मान्ने श्रेष्ठले नेपालमा लगानीको क्षेत्र धेरै भए पनि उद्यम गर्न भने गाह्रो रहेको जनाए । उनले भने, ‘उद्यम गर्छु भन्ने व्यक्तिलाई सहयोगभन्दा समस्या सृजना गरिदिने धेरै छन् । तर, जबसम्म तपाईंभित्र केही गर्छु भन्ने ऊर्जा छ भने कसैले पनि तपाईंलाई काम गर्नबाट रोक्न सक्दैन ।’ नेपालको व्यावसायिक क्षेत्रमा धेरै समस्या हुनुमा राज्य, केही तथाकथित उद्यमी तथा कर्मचारी वर्गको पनि हात रहेको उनको भनाइ छ । भन्सारदेखि सुरु हुने विकृतिका कारण नेपालको उद्यम क्षेत्र दिन प्रतिदिन खस्किँदै गएको उनको धारणा छ । उनी भन्छन्, ‘हरेक वस्तु आयात गरेर, नेपालको औद्योगिक कलकारखाना बन्द गरेर राज्यलाई असफल बनाउन केही व्यक्ति लागेका छन् । त्यसकारण पनि स्वदेशमा नै लगानी गर्ने वातावरण बनाउनु अपरिहार्य छ ।’

 
त्यसो भए नेपालको औद्योगिक क्षेत्रलाई पुनः जागृत गर्न अबको बाटो के होला त ? त्यसमा उनी भन्छन्, ‘नेपालको उद्योग, कलकारखाना सुचारु गर्नका निमित्त आवश्यक जनशक्ति, पूर्वाधारको बारेमा छलफल तथा बहस गर्नुपर्छ । उद्योगका समस्या, चुनौती, अवसर, बेरोजगार न्यूनीकरण विषयमा छलफल गर्ने, औद्योगिक क्षेत्रका सम्भाव्यता भएका ठाउँहरुको पहिचान गर्ने, विभिन्न प्रकृतिका वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगहरुको आँकडा उदाहरणको लागि प्रस्तुत गर्ने र हाल नेपालमा उत्पादन हुने विभिन्न प्रकृतिका वस्तुहरुको संख्या विश्लेषण गर्न आवश्यक छ । नेपालका उद्योग तथा कलकारखानाका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु विदेशबाट आयात गर्नुपर्ने भएकालेले उक्त कच्चा पदार्थमा भन्सारविन्दुमा सुधार गर्नुपर्ने, औद्योगिक नीति बनाई कर्जा सरलीकरण र ब्याजदरको पुनः मूल्यांकन साथै अवलोकन गर्नुपर्ने र नेपालमा उत्पादन हुने वस्तुसँग मेल खाने तेस्रो मुलुकबाट आयातित वस्तुमा भन्सार विन्दुमा सुधार गर्नुपर्ने आवश्यकता छ ।’

 
त्यस्तै, उद्योगी तथा श्रमिकको सामञ्जस्यको लागि औद्योगिक नीतिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । नेपालमा रहेका विभिन्न प्रकारका उद्योगहरुले दिएको रोजगार संख्याको आँकडा, रोजगार व्यक्तिबाट आश्रित संख्या, उत्पादित वस्तुको थोक विक्रेता तथा त्यसमा रोजगारप्राप्त व्यक्तिबाट आश्रित संख्या, फुटकर विक्रेता रोजगार संख्या र त्यसमा आश्रित संख्याबारे पनि राज्यले हेक्का राख्नुपर्नेमा उनी जोड दिन्छन् ।

 
‘प्रादेशिक औद्योगिक क्षेत्र विस्तार, एकद्वार प्रणालीअन्तर्गत गरिने व्यवस्थाको विषयमा छलफल गर्ने, उत्पादकले विक्री गर्दा उठेको भ्याट तथा थोक विक्रेताले विक्री गर्दा उठेको भ्याट रकम, फुटकर विक्रेताले विक्री गरेबापत उपभोक्तासँग लिएको भ्याटलगायत मासिक÷त्रैमासिक÷अर्धवार्षिक÷वार्षिक रुपमा कति भ्याट रकम सरकारलाई बुझाउनु पर्छ, त्यसको आँकडा प्रस्तुत गर्नुपर्छ,’ उनी भन्छन्, ‘नेपालको उद्योग क्षेत्रको समस्या समाधानको निमित्त स्वतन्त्र आयोगको गठन गर्ने जसमा नेपालमा उत्पादन हुने वस्तुहरुको सबै संघसंगठनबाट एक÷एक जना प्रतिनिधिसहितको समस्या समाधान आयोग गठन हुन सक्छ । नेपालका उद्योगहरुलाई सरकारले प्रोत्साहनस्वरुप अनुदानको व्यवस्था गर्नुपर्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नको निमित्त नेपाल सरकारको मातहतमा रहेका कर्मचारीहरुलाई स्वदेशी उत्पादन अनिवार्यरुपमा प्रयोग गर्ने नीति तर्जुमा गर्नुपर्ने देखिन्छ ।’

 
नेपाल सरकारको वार्षिक कार्यक्रमअन्तर्गत गरिने दक्ष जनशक्ति उत्पादन शीर्षकअन्तर्गत गरिने कार्यक्रमहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने र पारदर्शितामा पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ । नेपाल सरकारको औद्योगिक नीतिअनुसार राष्ट्र बैंकले निर्देशन गरेअनुसारको बैंकहरुले कर्जा सुविधा प्रवाह गरी लाभान्वित भएका उद्योगहरुको तथ्यांक खोज अनुसन्धान गरी औद्योगिक नीतिलाई टेवा पु¥याउनुका साथै पारदर्शितामा जोड दिनुपर्ने उनको ठम्याइ छ ।

 
नेपालको परराष्ट्र नीतिअनुसार वैदेशिक रोजगारमा जाने दक्ष तथा अर्धदक्ष जनशक्तिलाई स्वदेशमै रोजगार गर्ने नीति निर्माण गर्नुपर्ने, शैक्षिक योग्यता, क्षमता र माटो सुहाउँदो प्राविधिक शिक्षा प्रणाली तथा तालिमको व्यवस्था गरी वैदेशिक रोजगार जाने व्यवस्थालाई सदाका लागि अन्त्य गरिनुपर्ने उनी जनाउँछन् । नेपालका केही उद्योगीहरु स्वदेशमा नै उत्पादन गर्नभन्दा पनि वस्तु आयातमा नै जोड दिने गरेको उनी गुनासो गर्छन् । उनीहरुले नाफा गरेको रकमबाट थप रोजगारी सृजना गर्नभन्दा विलासितामा खर्च भएको श्रेष्ठलाई कत्ति पनि मन पर्दैन । उनले आफू नाफाको रकमले नयाँ रोजगारी सृजना गर्न सधैं लागिपरिरहेको जनाए । हाल उनी आफ्ना उद्योग तथा व्यवसायबाट ५ सयभन्दा बढी व्यक्तिले रोजगारी पाएकोमा गर्व गर्छन् ।
के नेपालको अवस्था निराशाजनक नै भएको हो त ? श्रेष्ठ यो मान्ने पक्षमा छैनन् । उनी हरेक उद्यमीले जिम्मेवारी महसूस गरी काम गर्दै जाँदा एक दिन नेपालको अवस्था सुध्रनेमा विश्वास गर्छन् । ‘अहिले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने प्रवृत्ति बढेको छ । नयाँ सरकार आएको छ, आशा गरौं यो सरकार स्थिर हुनेछ । त्यस्तै, अर्थतन्त्रलाई नै बुझेका अर्थमन्त्री तथा उद्योगमन्त्री छन् । त्यसकारण पनि अब नेपालको औद्योगिक क्षेत्रमा पुनः जागरण हुने अपेक्ष ागर्न सकिन्छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here