प्रहरी महानिरीक्षकको कडा उर्दी

268

काठमाडौं । प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले प्रहरीलाई कुनै पनि अपराधिक गिरोहसँग साँठगाँठ गरेको पाएमा तत्कालै कारबाही गरिने जनाएका छन् ।

पोखरामा लागूऔषध विरुद्धको महाअभियानको स्मारीका विमोचन तथा कास्की प्रहरी कार्यालयका मुलगेट, सभाहल र नागरिक साहयता कक्षको उद्घाटन गर्दै खनालले पहिले नागरिकका काम गर्नुपर्ने प्रहरीको कर्तब्य रहेको जनाएका छन् ।
उनले अपराधिक गिरोह, गुन्डागर्दीसँग मिलेर काम गरेका पाएमा दुई दिन होइन प्रहरी संगठनमा एक दिन पनि रहन नसक्ने दाबी गरे। ‘नेपाल प्रहरीले कुनै अपराधिक साँठगाँठ गर्न सक्दैन, अपराधिक गिरोहसँग मिल्न सक्दैन’, खनालले भने, ‘चाहे त्यो एसपी होस्, चाहे त्यो डिएसपी होस्, चाहे एसएसपी होस्, चाहे मातहतका प्रहरी होस्, तत्कालै कारबाही हुन्छ ।’

खनालले नागरिकका काम कुनै सोर्सफोर्सका र राजनीतिक आधारमा नभइ नियम अनुसार गर्न प्रहरी निकायलाई निर्देशन दिएका थिए । ‘नागरिकका काम कुनै ठूलो वा राजनीतिक दलको सिफारिसका आधारमा होइन,’ उनले भने,‘निमुखा नागरिकको काम कुनै भनसुन नगरी कुनै नीति र नियम अनुसार गर्नुपर्छ ।’

उनले पोखरा पर्यटकीय शहर भएका कारण रातभरि चल्नुपर्ने र सुरक्षाका लागि प्रहरीहरुले धेरै होसियारीका साथ विशेष रुपमा तयार हुनपनि निर्देशन दिएका छन् । उनले भने, ‘गुन्डागर्दी गर्नेलाई पक्राउ गर्नुहोस् तर व्यवसाय गर्नेलाई व्यवसाय गर्न दिनुहोस् ।’ उनले व्यापार व्यवसाय बढे राज्यको कर बढ्ने जनाउँदै राज्य समृद्ध भएर शान्ति सुरक्षा आफैं हुने पनि भनाई राखेका छन् । बताए ।

उनले लागूऔषधलाई देशभर अभियानका सञ्चालन गरेर न्युनीकरण गर्ने उल्लेख गरेका छन् । कास्कीमा लागूऔषधको क्षेत्रमा राम्रो काम भइरहेको भन्दै त्यसै गरी अन्य ठाउँमा पनि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, सामुदायिक प्रहरी सेवाकेन्द्र कास्कीका अध्यक्ष विष्णु भट्टराईले शान्ति सुरक्षाका लागि प्रहरी र नागरिक सँगै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले नागरिकलाई छिटो र छरितो सेवा दिनका लागि नागरिक साहयता कक्ष र सभाहल निर्माण गरेको बताए। कार्यक्रममा नागरिक साहयता कक्ष निर्माण र प्रहरीमा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here