ओलीले मोदीका अगाडि लम्पसार पर्नुलाई नै ठीक ठाने

142

हुकुमबहादुर सिंह
यही पत्रिकाको अघिल्लो अंकमा एउटा लेख–ओलीको राष्ट्रवाद कि लम्पसारवादमा ओलीलाई यी दुई बीचको एउटा पेण्डुलमका रूपमा हल्लिने प्रधानमन्त्रीका रूपमा चित्रण गरिएको थियो तर उनको बढ्ता झुकाव लम्पसारवादतिरै हुने सम्भावनातर्फ पनि संकेत थियो । अहिले आएर यसबारे धेरै कुराहरू बाहिर आएका छन् । यसबीचमा उनले संसद्मा दिएका अभिव्यक्ति तथा नेपालको प्रदेश नं. २ का मुख्यमन्त्रीले राष्ट्रियताका विरुद्ध दिएका अभिव्यक्तिबाट के संकेत मिल्छ भने मोदीलाई खुशी बनाउन ओलीले उनीप्रति दिएका राष्ट्रलाई आँच पु¥याउने खालका छुटहरूले ओलीको लम्पसारवादलाई बल दिएको छ ।

 
ओली अब राष्ट्रवाद कि लम्पसारवाद, यी दुई बीचको एउटा पेण्डुलमका रूपमा आफूलाई हल्लिने अवस्थामा राखिरहन सक्ने सामथ्र्य पनि गुमाएका छन् । यद्यपि एउटा झिनो सम्भावना अझै जीवित छ, त्यो भनेको उनले विगतमा चीनसित गरेका सन्धिसम्झौताहरूको दृढतापूर्वक कार्यान्वयन र चीनसित नेपालको विकास र सम्वृद्धिका लागि नयाँ खालका सन्धि सम्झौताहरू । हुन त चीन पनि अब माओको चीन रहेको छैन, जसमाथि आँखा चिम्लेर नेपालले विश्वास गर्न सक्दथ्यो । अबको चीन एउटा बनियाँ बन्दै छ । यस्तो चीनका लागि सिद्धान्त, विचार होइन उसको व्यापार हो, बजार हो । जसको तुलना भारत र नेपालबीचमा हुन सक्दैन । भारतको त्यो विशाल बजार चीनले नेपालका लागि गुमाउन चाहँदैन भन्ने त केही वर्षअघि नेपाललाई पनि थाहै नदिई उसले भारतसित नेपालको लिपुलेकको अखण्डतालाई असर पार्ने खालले भारतसित गरेको सम्झौता हाम्रा अगाडि ताजै छ ।

 
तैपनि नेपाली जनताको विश्वासिलो मित्रका रूपमा चीनले एक खालको आत्मीयता नेपाली जनताका बीचमा राख्न सफल भएको छ र सि जीनपिंगको नेतृत्वको चीन अझै भारतको तुलनामा त्यो विस्तारवादी रूप लिने अवस्था देखिएको छैन । नेपाल उसका लागि रणनैतिक महत्वको अवस्थितिमा रहेकाले चीनले नेपाललाई दिने सहयोग उल्लेखनीय नै रहन्छ । मूल प्रश्न उसका लागि नेपालमा एउटा राष्ट्रवादी सरकार बनोस् र त्यसमार्फत सरकारले उसको सहयोगलाई जनताका बीचमा स्थापित गर्न सक्नेछ । चीन नेपालमा एमाले र माओवादी केन्द्रको सरकार बनेकोमा हर्षित थियो नै तर उसमा एउटा शंका अवश्य थियो, त्यो भनेको केपी ओली र प्रचण्डको राष्ट्रवाद भारतका अगाडि खडा रहन सक्छ कि सक्दैन ।
विगतमा चीनले नेपालका लागि बनाइदिएका उल्लेखनीय कलकारखानाहरूलाई नेपाली कांग्रेसको सरकारका अर्थमन्त्रीले साम्राज्यवाद र मूलतः भारतीय व्यापारीहरूलाई कौडीको मोलमा बेचेर नेपाल र नेपाली जनतालाई बेरोजगार बनाएर भारतीय दलाल पुँजीपतिलाई खुशी बनाएको इतिहास चीनका लागि नमीठो बनेर रहेको छ । तैपनि चीनले जे बोल्छ, त्यो गरि पु¥याउँछ तर भारतले खासगरी मोदीले जे बोल्छन् त्यसमा भर पर्न सकिँदैन भन्ने त विगतमा उनले नेपालमा आएको भूकम्पले ल्याएको क्षतिको पुनर्निर्माणका लागि बोलेको रकमको सहयोग नदिएकोबाट थाहा हुन्छ ।
फेरि मोदीले जे बोले पनि आखिरमा उनी पनि नेपालको एकता र राष्ट्रियताविरुद्ध नेहरू, बल्लभभाई पटेल र इन्दिरा गान्धीका वर्तमान अवतार हुन् भन्ने त अहिले उनले नेपालको प्रदेश २ बाट भ्रमण सुरु गर्नु र त्यहाँ मोदीको सुरक्षाका नाममा गरिएको भारतीय सैनिको मार्चपास, ओलीको त्यसमा मौनता र त्यहाँका मुख्यमन्त्रीको नेपालविरोधी र भारत भक्तिका लागि खर्चेका शब्दहरूको विश्लेषणबाट ज्ञान हुन्छ । भारत अब तराईका जिल्लाहरूलाई संघीयताको नाममा नेपालबाट अलग गर्न चाहन्छ वा आफ्नो हैकम देखाउन चाहन्छ, जसका लागि त्यहाँबाट केन्द्रसम्म उसका बफादार दलालहरूको कमी छैन । भारतीय जनता पार्टी धर्मका नाममा र संघीयताका आधारमा नेपालाको प्रदेश नं. २ लाई आफ्नो एउटा प्रान्त बनाउन उद्दत छ र त्यहाँका नेताहरूको दलाली प्रवृत्ति यसका लागि सहयोगी बन्ने निश्चित छ । हेरौं ओलीको यसमा अपनाउने लम्पसारवादले कतिसम्म मलजल गर्नेछ ।

 
नेपाल–भारत सिमानाका कैयौं पिलरहरू ओली सरकारपछि पनि गायब गरिएका छन् वा नेपालको भूमि अतिक्रमण गरी सारिएका छन् । ओली यसबारे बेखबर देखिन्छन् । त्यसैगरी रातारात नेपालका अनेक भूभाग हडप्दै नेपालीका जग्गाजमिनलाई एक रातमा भारतभित्र घुसाउने काम ओली सरकारमा नै ज्यादा भइरहेका छन् । यस्तो अवस्थाबारे मोदीको भ्रमणमा चुँ पनि नबोल्ने ओलीले आखिरमा विगतका असमान सन्धि सम्झौताहरूको कार्यान्वयन गर्ने घोणणा गरेर नेपाललाई अर्को भूटान बनाउन खोजेको स्पष्ट हुन्छ । यो आखिरमा लम्पसारवादकै परिणाम हो । यसको सुरुवात यिनले अरुण तेस्रोको मोदीसित संयुक्त शिलान्यास, भारतीय सैनिकलाई हतियार र ड्रेसमै नेपालको जनकपुर मन्दिरदेखि मुस्ताङको भ्रमणको बहानामा चीनको सिमानासमम्को मार्चपास आदिबाट भइसकेको छ । [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here