डा. देवकोटाको अन्त्यष्टि

102

काठमाडौं । बाँसबारीस्थित न्यूरो अस्पतालमा हिजो सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएका डा. उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको छ । देवकोटा दक्षिण एसियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ थिए । उनको पार्थिव शरीरलाई छोरीहरुले बोकेर शवगृहमा पु¥याएका थिए । डा देवकोटाको बाँसबारीस्थित आफ्नै न्यूरो अस्पतालको प्राङ्गणमा आज बिहान ८ देखि १ बजेसम्म श्रद्धाञ्जलिका लागि पार्थिव शरीर राखिएको थियो । उनलाई श्रद्धाञ्जलि दिन आफन्त तथा शुभचिन्तकको घुइँचो नै लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here