नेपाली सेनाका मेजर ब्राउन सुगर सहित पक्राउ

166

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाकेंबाट खटिएको प्रहरीको बिशेष ब्युरोले ब्राउन सुगर सहित नेपाली सेनाका मेजर धिरेन्द्र जंग शाहीलाई ५४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । ब्राउन सुगर कारोबारी रिम पौडेल र शाहीलाईलाई पक्राउ गरेको हो ।

 

मेजर शाही ब्राउन सुगर खरिद गर्न गएको भन्ने सुचनाका आधारमा छापा मार्दा प्रहरी बाकेंको ढकरीबाट ५४ ग्राउ ब्राउन सुगर सहित उनिहरुलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

पक्राउ परेका मेजर शाही श्री मेयर गण, शम्सेरगञ्जमा कार्यरत रहेको प्रहरीको भनाई छ ।

 

पक्राउ परेका पौडेल लागुऔषधका ठुला कारोबारी भएको प्रहरीले दाबी गरेको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बाकेंको हिरासतमा राखिएको छ ।

 

पक्राउ परेका शाही र पौडेललाई लागुऔषधको मुद्दा चलाईने प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here