भारतले फेरी रोक्यो नेपाली ग्यास बुलेट

121

काठमाडौं÷ संविधान संशोधनबाट तराई क्षेत्रलाई अलग गराउन प्रयासरत भारत सरकारले नेपाली नम्बर प्लेटका ग्यास बुलेटलाई ग्यास ढुवानी गर्न रोक लगाएको छ । जसका कारण नेपालमा भित्रिसकेका नेपालकै बुलेट भारतमा ग्यास लिन जान पाएका छैनन् । भारतले नेपाली उद्योगीले आफ्नै स्वामित्वमा रहने गरी भित्र्याएका बुलेटलाई विष्फोटको खतराबाट मुक्त रहेको प्रमाणित नगरिदिँदा नेपाली बुलेट ग्यास लिन जान पाएका छैनन् ।
नेपाल आयल निगमले एकैपटक भारतीय ग्यास बुलेट विस्थापित गर्ने निर्णय गरेपछि त्यसैको प्रतिक्रिया स्वरुप भारतले नेपाली बुलेटलाई बिस्फोट हुने बहाना देखाएर रोक लगाएको हो । भारतीय आयल कर्पोरेशनले ग्यास बुलेट र ट्यांकरमा तेल तथा ग्यास भर्दैन । भारतको पेट्रोलियम तथा एक्स्प्लोसिभ सेफ्टी अर्गनाइजेशनले यस्तो अनुमतिपत्र जारी नगरेसम्म नेपाली बुलेट भारतमा ग्यास लिन जानै पाउँदैनन् । नेपाल आयल निगमले झण्डै ३ महिनाअघि नै नेपाली नम्बर प्लेटको बुलेटलाई यस्तो अनुमति दिन आग्रह गर्दै पत्राचार गरेको थियो ।
आफ्नो व्यवसाय चौपट हुने भन्दै भारतीय ट्रान्सर्पोटरहरुले आफ्नो बुलेट अन्यत्र प्रयोग गर्ने व्यवस्था नभएसम्म नेपाली नम्बर प्लेटका बुलेटलाई अनुमति नदिन दबाव दिएको सूचना नेपाल आयल निगमले प्राप्त गरेको जनाइएको छ ।
भारतबाट ग्यास बोक्न ७ सय ७५ वटा ग्यास बुलेट उद्योगीले भारतमै बनाउँदै छन् । मंसिर १७ गते नै वीरगञ्ज नाकामा २ वटा नेपाली ग्यास बुलेट आइपुगेका थिए । तर, भन्सार छुट प्रक्रियामा अन्यौल हुँदा जाँचपास गर्न ढिलाइ भएको थियो । झण्डै ३५० वटा बुलेट भारतमा तयार भएर नेपाल भित्रिने तयारीमा छन् । तर, ती बुलेटलाई पनि भारत सरकारबाट खतरामुक्त भएको प्रमाणित गरिएको छैन । अन्य ४ सय २५ बुलेट भारतमा निर्माणाधीन छन् । च्यासिसमा बुलेटको लागि बुलेट जोडेर भित्र्याउन ग्यास उद्योगीहरु लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here