त्रिवि पनिकामा आर्थिक अनियमितता

150

काठमाडौं / देशकै जेठो विश्वविद्यालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय मातहतको परीक्षा नियन्त्रण कार्यालयमा व्यापक आर्थिक अनियमितता भएको सूत्रबाट जानकारी प्राप्त भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय परिसरभित्र क्यान्टिन घर र सोही आकारको अर्को घर निर्माणमा लाखौं अनियमितता भएको जानकारीसँगै पर्खाल निर्माणमा पनि अनियमितता गरिएको पाइएको छ ।

 

परीक्षा नियन्त्रक पुष्पराज जोशी र ठेकेदारबीचको मिलेमतोमा अनियमितता भएको परीक्षा नियन्त्रण कार्यालय सूत्रले जानकारी गराएको छ । सूत्रले दिएको जानकारीअनुसार पर्खाल र दुईवटा साना घरहरूमा मात्र नभएर अन्य आन्तरिक प्रयोजनका सामानहरू खरिदमा पनि परीक्षा नियन्त्रण कार्यालयमा आर्थिक अनियमितता हुने गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा लब्धाङ्क–पत्रमा उल्लेखित अंकसमेत सच्याउने काम हुने गरेको एक व्यक्तिले जानकारी गराएका छन् । भित्रका उच्चपदस्थ कर्मचारीको मिलोमतोमा यस्तो काम हुने गरेको ती व्यक्तिले जनाए । प्राप्त जानकारीबारे परीक्षा नियन्त्रक जोशीसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here