‘कथा काठमाण्डु’को नयाँ रोमान्टिक गीत सार्वजनिक

379

असोज १२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘कथा काठमाण्डु’को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीको जोडीलाई देख्न सकिन्छ ।

इन्दिरा जोशीको आवाजमा रहेको ‘रातको कुरा’ बोलको गीतमा प्रमोद र प्रियंकालाई निकै हट देखिएको छ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको थियो । गितमा नायक प्रदीप बाँस्तोलाको शब्द तथा सङ्गीत रहेको छ ।

सार्वजनिक भएको गितको भिडियो चलचित्रकी निर्देशक संगीता श्रेष्ठले कोरियोग्राफी गरेकी हुन् भने चलचित्रमा लेखन समेत उनकै रहेको छ ।

चलचित्र कथा काठमाण्डुमा प्रियंका र प्रमोदको साथमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ । कथा काठमाडौँलाई विजय राईले निर्माण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here