कहिलेकाहीँ लाग्छ म भेटघाट मन्त्री हुँ क्या हो-प्रधानमन्त्री ओली

277

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समय भेटघाटमै बितेको, भेटघाटमा आफ्नो समय धेरै खर्च भएको गुनासो गरेका छन्।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बिहान पार्टीनिकट पत्रकारहरूलार्इ संबोधन गर्दै प्रधानमन्त्री ओलीले ुप्रधानमन्त्रीलाई भेट्न पाइएन भन्ने गुनासो आफूले सुनेकोु उल्लेख गर्दै आफ्नो समय भेटघाटमै बितेको बताएका हुन्।

‘प्रधानमन्त्रीसँग भेट्न पाइएन भन्ने आक्रोश, विरोध र असन्तुष्टि छ- मैले सुनेको छु तर प्रधानमन्त्रीका यति धेरै कामहरू हुन्छन्, प्रधानमन्त्रीले भने, ‘बिहानदेखि रातिसम्म भेटघाटै हुन्छ। मलाई कहिलेकाहीँ लाग्छ म भेटघाट मन्त्री हुँ क्या हो।’

प्रधानमन्त्रीले आफू सुशासन र विकासमा केन्द्रित भएको भन्दै आफ्नो बाध्यता बुझिदिन आग्रह गरे। ुसाथीहरूलाई लाइनमा पर्खाएर पनि भेटघाट गरिरहेको हुन्छुु, प्रधानमन्त्रीले भने, ‘भेट्नेहरूलाई त त्यो दिन एक दिन हुन्छ मलाई सधैँ भेटघाट’, उनले भने। अन्नपूर्ण पोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here