प्रधानसेनापति राजेन्द्र क्षत्रीद्वारा दुर्गम क्षेत्रका सैनिक व्यारेक निरीक्षण

302

प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीद्घारा आज कालिकोटस्थित श्री रणशुर गुल्म, जाजरकोटस्थित श्री ज्वालादल गण र रुपन्देहीको सालझण्डीस्थित श्री नेपाली सैनिक व्याटल स्कुलको निरीक्षण भ्रमण गरिएको सैनिक मुख्यालयले जनाएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त गण, गुल्म र शिक्षालयको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका सकलदर्जालाई सम्बोधन गर्नु भएको जनाइएको छ ।

निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री आजै काठमाण्डौं फिर्ता हुनु भएको छ । निरीक्षण भ्रमणको सिलसिलामा उहाँले यहि श्रावण ०७ गते बांके जिल्लाको नेपालगञ्ज स्थित राँझामा बहालवाला तथा भु.पू.सैनिक र तिनका आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० बेड क्षमतायुक्त सैनिक अस्पतालको उद्घाटन गर्नुका साथै बांके जिल्लामा तैनाथ श्री श्रीमेहर गण, श्री नंं.४ बाहिनी अड्डा र डोटी जिल्लास्थित श्री सुदूर पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नु भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here