प्रधानमन्त्रीलाई हठ छाडेर बिनम्रता देखाउन डा. भट्टराईको आग्रह

154

बुटवल । परराष्ट्रबिद तथा पूर्व प्रधानमन्त्रीका सल्लाहकार डा. दिनेश भट्टराईले सरकारलाइ हठ छाडेर बिनम्रता देखाउन आग्रह गरेका छन् ।

आफुलाइ यातना दिएर सत्यको आग्रह दिने डा.गोविन्द केसीको माग जनताकै भएको उनले बताए । तत्कालिन कोइराला सरकारले आबश्यक ठानेरै माथेमा टोलीलाई प्रतिबेदन बनाउन लगाएको उल्लेख गरे ।

रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले बिज्ञको प्रतिबेदनलाई लाइन बाइ लाइन छलफल गरेर निश्कर्षमा पुग्न जरुरी रहेको जनाए ।

‘डा केसीको अभियान एक्लो प्रयास होइन,नागरिक समाज छ,आम नेपाली जनताको समर्थनको बिषय हो ’उनले भने । भट्टराइ भन्छन्—‘सरकारले पावर अफ एरोगेन्सबाट मुक्त राख्नुपर्छ,लामोसमयपछि स्थिरतातर्फ छौं ,जनता खुसी र सुखी बनाउने नाराले मात्रै हुन्छ र ?’

‘नेपालमा राजनीतिमा ठूलो रोग छ ,सरकारमा बस्दा एउटा कुरा,बाहिर बस्दा अर्को कुरा गर्ने ,यस्तो प्रकारले बाहिर राष्ट्रको दृष्टिमा पनि मुलुकको इज्जत घटाइरहेको छ ।’

दक्षिण एसियामा सबैभन्दा बढि नेपालमा नीजी मेडिकल कलेज भएको भन्दै उनले अब यस्लाइ ब्यबस्थित गर्नुपर्ने बताए ।
पूर्व प्रधानमन्त्री शुशील कोइराला र शेरबहादुर देउवाका सल्लाहकार समेत रहेका उनले भने—‘जनमत पाएको स्थिर सरकार पनि आत्मबिश्वास नभएको ब्यबहार गर्यो ।’

परराष्ट्रबिद समेत रहेका उनले सत्ताभित्र र बाहिर रहदा फरक चरित्र देखाउने परिपार्टीले नेपालीको सांख गिराउने काम गरेको बताए । ‘राष्ट्रिय सुरक्षा,राष्ट्रिय स्वार्थमा सबै एक हुनुपर्छ ,यी बिषयमा राजनीति गर्नु हुदैन’उनको भनाइ छ ।

नेपालको राजनीति नाजुक भएको भन्दै उनले एकता प्रदर्शन गर्न नसके नेपाल बाहिरीयाहरुको षडयन्त्रको अखडा बन्ने खतरा रहेको औल्याए ।

प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद बिष्णु पन्थीले मुलुकको निकासका लागि दलहरुले साझा धारणा बनाउने बताए । ‘सरकारले रेगुलेट गर्ने हो, निश्चित प्रकृया पुर्याएर संचालन गर्न दिने हो भने यो समस्या टुंगिन्छ ।’

नीजि क्षेत्र राष्ट्रका सम्पत्ती हुन्,उनीहरु बिना नेपालमा समृद्धि सम्भब छैन भन्दै पन्थीले पूँजीलाइ देशभित्र रोक्न,मेडिकल,कृषि,अस्पताल खोल्नुपर्ने जनाए ।

तोकिएका मापदण्ड अनुसार संचालन गरे कुनैपनि समस्या नरहने उनको भनाइ छ । ‘कांग्रेस आत्तिनुपर्दैन,लोकतन्त्रको गहना निर्बँचन हो प्रतिपक्षीले सरकारलाइ र देशलाइ रचनात्मक ढंगले सहयोग पुर्याउनुपर्छ ।’

‘सरकार कुनै हालतमा अधिनायकबाद हुन सक्दैन,लोकतन्त्र युगमा कसैको पनि सम्भब छैन ।’पन्थीले भने ।

‘जनताको आन्दोलनलाइ कम मुल्यांकन गर्ने लोकतान्त्रिक सरकार हुन सक्दैन ,समयमै चेत खुल्नुपर्ने खुल्नुपर्छ ।’ खनालले भने । सरकारलाइ जनताको कुरा र प्रतिपक्षिका कुरा सुन्नु उनको आग्रह छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here