युवाको उमेर घटाउने तयारी

224
काठमाडौं, साउन १२ । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ संशोधन हुने पक्का भएको छ । त्यसै क्रममा युवाको उमेर घटाएर १६ देखि ३५ वा १६ देखि २९ बनाउने भन्ने छलफलको कुरा आजको गोरखापत्र दैनिकको पृष्ठ २ मा उल्लेख गरिएको छ ।
अहिले सम्म १्र६ देखि ४० वर्ष उमेर समुहलाई युवा मानिदै आइएको थियो । कानुनी रूपमा नेपाली युवाको उमेर घट्ने पक्कापक्की जस्तै भएको पनि गोरखापत्र दैनिकले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड र स्थानीय तहमा ४० प्रतिशत युवा निर्वाचित भएको कुरालाई आधार मानेर उमेर परिवर्तन सान्दर्भिक मनिएको छ ।

 

त्यस्तै अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात् गर्दै युवा लक्ष्यित कार्यक्रमलाई प्रभावकारी बनाउन युवाको उमेर संशोधन गर्न आवश्यक रहेको पनि उल्लेख गरिएको छ । युवा नीति २०७२ तथा युथ भिजन २०२५ निर्माण कार्यदलका संयोजक योगेन्द्र शाहीले अन्तर्राष्ट्रिय अभ्यास हेर्दा युवा उमेर १६–२९ भएमा एउटा मापदण्ड बन्न सक्ने धारणालाई पनि प्राथमिकताका साथ छापेको छ। युथ भिजन–२०२५ मा युवाको उमेरलाई दुई समूह १६–२४ र २५–४० बनाई प्राथमिकता निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here