कामु प्रधानन्यायाधीश जोशी नै एसएलसी फेल

110

कामु प्रधानन्यायाधीश दीपकराज जोशीले व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिमा पेश गरेको भनिएको प्रमाणपत्र ‘फर्जी’ भएको पुष्टि भएको छ । उक्त कागजातमा उल्लेखित विवरणहरु उनको शैक्षिक अभिलेख रहनु पर्ने निकायमा छैनन् ।

जोशीले गत बिहीबार संसदीय सुनुवाईका दिन सभापति लक्ष्मणलाल कर्णलाई आफ्नो प्रमाणपत्रका बारेमा अफवाह फैलिएको भन्दै प्रमाणपत्रको फोटोकपी बुझाएका थिए। समितिको सचिवालयमा बुझाएको भनिएको नेपाल ल क्याम्पसको ‘प्रोग्रेस रिपोर्ट’ त्यसको दुई दिनअघि नै कान्तिपुरलाई उपलब्ध भएको थियो। उक्त रिपोर्टमा उल्लेखित विवरण र व्यहोरा ‘झुटो’ प्रमाणित भएको छ।

जोशीको ‘प्रोग्रेस रिपोर्ट’ अनुसार उनले २०२९ सालमा विजय मेमोरियल स्कुलबाट १० कक्षा उत्तीर्ण गरेका थिए। उनको सिम्बोल नम्बर ३६६७भनी उल्लेख छ। परीक्षा नियन्त्रण कार्यालयको उच्च स्रोतले कान्तिपुरलाई दिएको विवरण अनुसार, २०२९ सालमा विजय मेमोरियल स्कुलबाट टेष्ट तथा एसएलसी दिने विद्यार्थीको सूचीमा दीपकराज जोशीको नाम छैन। कान्तिपुर दैनिकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here