चितुवाको छाला तस्करी गर्ने ३ जना पक्राउ

435

कास्की पोखरा लेखनाथ ७ अन्नपूर्ण टोलबाट अवैध रुपमा चितुवाको छाला आखेटोपहारओसारपसार गर्ने क्रममा तीन जना पक्राउ गरिएको छ ।

पोखराको क्षेत्रिय अनुसन्धान समूहबाट खटिएको संयुक्त प्रहरी टोलीले संरक्षित वन्यजन्तु चितुवाको छाला २ थान वरामद गरेको छ ।  पक्राउ पर्नेहरुमा जिल्ला बागलुङ तमानखोला गाँउपालिका वडा नं ६ बस्ने झलक छन्त्याल , देबेन्द्र रसाईली र ज्ञानेन्द्र सेन्चुरी रहेका छन् ।

 पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय पोखरामा बुझाईएको अनुसन्धान व्युरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here