पेष्ट बनाएर सुन तस्करी

180

एउटा समय थियो, जब मानिसहरू आफ्नो शरीरमा सुन लगाएर या सामान लुकाएर तस्करी गर्थे । तर केही समयदेखि तस्करीका लागि नयाँ तरिका अपनाइन थालिएको छ । जसले प्रहरी नै चकित पर्न थालेका छन् । छिमेकी मुलुक भारतको हैदरावाद विमानस्थलमा यस्तै घटना सार्वजनिक भएको छ । जहाँ राजश्व खुफिया निर्देशनालयका अधिकारीले एउटा विचित्रका वस्तुलाई बरामद गरेका छन् । फोहोर जस्तो देखिने चीज आखिर के हो ?

 

फोटो हेरेर धेरैले यो कुनै जनावरको मल भएको अनुमान गरेका छन् । तर वास्तविकता भने फरक छ । तपाईले तस्बिरमा देख्नु भएको यो गोल्ड पेस्ट हो । राजश्व खुफिया निर्देशनालयले हैदरावाद अन्तर्राष्ट्रिय विमानस्थलबाट एक यात्रुबाट एक किलो ८५० ग्राम गोल्ड पेस्ट (सुनलाई पलालेर त्यसलाई पेस्टमा परिवर्तन गर्नु) बरामद गरेको छ ।

 

सुनको यो पेस्टलाई पारदर्शी पोलेथिनभित्र राखेर अन्डरगार्मेन्ट र जिन्सभित्र बनाइएको विशेष खल्तीमा लुकाइएको थियो । सुनलाई पेस्टमा परिवर्तन गर्न विशेष केमिकलको प्रयोग गरिन्छ । सुनको टुक्रा उक्त केमिकल राखेपछि पेस्टका रूपमा परिवर्तन हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here