बलात्कार गर्नेसंग बिवाह गरेकी महिलाकाे दर्दनाक कथा

345

काठमाडौं । जाजरकोट माइती भएकी रविना अहिले विभिन्न सञ्चारमाध्यममा चर्चित छिन् । उनले आफ्नो बच्चा बचाउन खोज्दा धेरै संघर्ष गर्नु प¥यो । धेरै दुःख कष्ट खेप्नु प¥यो । उनी १२ वर्षको उमेरमा बलात्कारमा परेकी थिईन् । गाउँ समाजको करकापमा उनले त्यही २९ वर्षिय बलत्कारीसँग विबाह गर्न बाध्य हुनु प¥यो । उनले १३ वर्षको उमेरमा छोरालाई हस्पिटलमा जन्म दिईन् । तीन दिनकी सुत्केरी हुदा समेत उनका श्रीमानले उनलाई बलात्कार गर्न खोजे तर उनको अस्वीकार्य पछि उनलाई धारिलो बस्तु प्रहार गरेर श्रीमानले टाउकामा गहिरो चोट बनाइदिए । समय बित्दै जाँदा उनका श्रीमान विदेश गए ।

 

उनी पनि नेपालगञ्जको रेडियो भेरी आवाजमा काम गर्न थालिन् । उनका श्रीमानले विदेश गएर उनलाई बेवास्ता गर्न थाले । श्रीमानले विदेशमै बिवाह गरेको कुरा सुनाउन थाले । फेसबुकमा पनि त्यस्तै फोटाहरु पोष्ट गर्न थाले । त्यत्तिकैमा उनको फेसबुकमा एक व्यक्तिसँग चिनजान बढ्न थाल्यो । फेसबुकमा चिनजान भएको त्यो केटाले बिवाहको प्रस्ताव राख्यो । उनले आफ्नो बिवाह भइसकेको भन्दा पनि उनलाई आफ्नी आमासँग भेट्न भन्यो ।

 

उनलाई आफ्नो पहिलाको श्रीमानले र सासु ससुराले मानसिक र शारिरिक यातना दिन थाले । फेसबुकमा चिनजान भएको केटाको आमाले उनलाई बिवाह गर्न भनिन् । उनले पनि त्यही फेसबुकमा भेटेको केटासँग बिवाह गरिन् । बिवाह गरेको केहि समयसम्म त राम्रौ थियो तर पछि तिनै पछिल्ला श्रीमानले दिल्लीमा लगेर बेच्न खोजे । पेटमा बच्चा आयो । उनलाई गर्भपतन गर्न लगाइयो । दुई महिनाको बच्चा भएको थाहापाएपछि त्यसलाई गर्भपतन गर्नलाई धेरै जना लागे ।

 

नचिनेका तीन चार जना महिलाहरु आएर उनलाई फकाउन थाले । उनले आफ्नो बच्चालाई तुहाउन मानिनन् । उनले कही समय पछि बच्चालाई अस्पतालमा जन्म दिईन् । उनको बच्चा किन्नलाई अस्पतामा नै मान्छे आए उनलाई १२ लाख भारतीय रुपैया दिने भनियो तर उनले बच्चा दिन मानिनन् । बच्चा बेच्न नमानेको भन्दै उनलाई उनका श्रीमानले कुटपिट गर्न थाले, मार्छु भन्दै पत्तिले हात काटे । उनको त्यो अवस्था देखेर आफ्ना मामाहरुले घर पठाइदिने कुरा गरे ।

उनलाई अब यस्तो कहिलल्यै नगर्ने र यो कुरा नेपालमा कसैलाई नभन्ने सर्तमा उनका श्रीमानले काठमाडौमा ल्याए । उनलाई पशुपतिमा ल्याएर श्रीमानले छोडिदिए । पशुपतिमा उनले धेरै दुःख भोग्नु परेको कुरा तल भिडियोमा उन्कै अावाजमा सुन्नुहोस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here