नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

864

काठमाडौं/  नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने तयारी भइरहेको छ ।

केन्द्रीय कार्यलय सानेपा ललितपुरमा आजै दिउँसो ३ बजे बस्ने वैठकमा पार्टीको संगठन सुदृढीकरणको विषयमा प्रमुखताका साथ छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका छन् ।

देश संघीयतामा गइसके पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो संगठन संघीय संरचना अनुसार बनाएको छैन।

प्रधानन्यायधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेपछि कांग्रेसले सुनुवाइ समितिको औचित्यतामाथि प्रश्न उठाएको छ । संसदमा समेत यो विषयमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलिरहेका बेला कांग्रेसका शीर्ष नेताहरुले केन्द्रीय समितिमा सम्बोधन गर्न यो बैठक विशेष रुपमा केन्दि«त रहने काग्रेंस शुत्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here