दानको पैसाले गाडी किन्ने भिक्षुलाई जेल

133

बैंकक/ थाइल्यान्डको एक अदालतले बौद्धभिक्षुलाई ११४ वर्षको जेल सजाय सुनाएको छ। उनलाई एक वर्षपछि अमेरिकाबाट सुपुर्दगी गरिएको थियो।

३९ वर्षीय भिक्षु विराफोन सुकफोन अमेरिका भागेका थिए। दातालाई धोखा दिएको आरोप लागेपछि अमेरिकाले उनलाई सुपुर्दगी गरेको हो। भिक्षु सुकफोन सन् २०१३ मा चर्चामा आएका थिए। त्यतिखेर उनी निजी जेटमा एभिएटर चश्मा लगाएर लुई भिटानको ब्याग लिएको उनको फुटेज सार्वृजनिक भएको थियो।

दाताले संसारमा सबैभन्दा अग्लो बुद्ध प्रतिमा बनाउन उनलाई ठूलो रकम चन्दा दिएका थिए। ती भिक्षुले उक्त रकमबाट विलासी कार किनेका थिए। अनुसन्धान गर्दै जाँदा उनका विभिन्न बैंक खातामा ७ लाख अमेरिकी डलर भेटिएको थियो। बैंककस्थित एक अदालतका न्यायाधीशले सुकफोनलाई धन लुकाएको र दातालाई धोखा दिएको आरोपमा दोषी ठह¥याइएको हो।

यसैगरी अनलाइनबाट चन्दा उठाएर दुरुपयोग गरेका हुनाले कम्युटर अपराध कानुन उल्लंन गरेको पनि उनले जनाए। ती न्यायाधीशले भने, ‘विभिन्न अपराधमा मुछिएकाले उनलाई ११४ वर्षको सजाय दिइएको छ।’ थाइल्यान्डको कानुनअनुसार उनी २० वर्षमा जेलमुक्त हुनेछन्। बुद्ध मूर्ति बनाउन उनले उठाएको रकम दातालाई फिर्ता दिनुपर्नेछ। २९ जना दाताबाट ८ लाख ६१ हजार ७ सय अमेरिकी डलर उनले उठाएको देखिन्छ।

उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप पनि लागेको छ। उनीमाथि लागेको बलात्कार मुद्दाको सुनुवाइ आगामी अक्टोबरमा हुने जनाइएको छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here