काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिक्टा सिंचाइ आयोजनाको मूल नहर पटक पटक भत्किएकाले नहरको गुणस्तरमाथि नै प्रश्न उठेको भन्ने विषयमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ ।
उक्त आयोजना निर्माणमा हालसम्म भएको काम कारबाहीको विषयमा यसअघि आयोगबाट भइरहेको अनुसन्धान कार्यलाई समेत एकीकृत गरी विस्तृत अनुसन्धानको कार्यलाई तीब्रता दिन आयोगको मिति २०७५।४।२५ गतेको निर्णयानुसार आयोगका प्राविधिक सहसचिवको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समूह गठन गरिएको छ ।
उक्त समूहले स्थलगत अध्ययन समेत गर्ने गरी विस्तृत अनुसन्धानको कार्य अगाडि बढाइसकेको आयोगले जानकारी गराएको छ ।


















