खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी

186

वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् । यी तीन मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी गाम्का नेपालआबद्ध १२ मेडिकल संस्थाले कामदारबाट ठगी गर्दै आएका छन् ।

०७१ अघिसम्म गाम्का नेपालले साउदी अरेबिया जाने कामदारको स्वास्थ्य परीक्षणमा एकाधिकार कायम गरेको थियो । त्यसयता भने गाम्कामा आबद्ध मेडिकलले बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परीक्षणमा समेत सिन्डिकेट विस्तार गरेका छन् । ‘गल्फ को–अपरेसन काउन्सिल’ (जिसिसी) अन्तर्गतको सम्बन्धित देशका स्वास्थ्यमन्त्री सदस्य रहेको समितिबाट स्वीकृति लिएर गाम्काले नेपालमा सिन्डिकेट खडा गरेको छ । वैदेशिक रोजगारका लागि साउदी, ओमन र बहराइन जाने कामदारबाट गाम्कामा आबद्ध मेडिकलले सरकारी नियमभन्दा बढी शुल्क लिँदै आएका छन् । नयाँ पत्रिकाबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here