निमा रुम्बा र यशकुमारको चलचित्र ‘छिरिङ’को पहिलो गीत रिलिज

370

काठमाडौं/ गायकद्धय निमा रुम्बा र यशकुमारको मुख्य भूमिका रहेको चलचित्र चलचित्र ‘छिरिङ’को पहिलो गीत सार्वजनिक भएको छ ।

छिरिङको ‘तिमीले त मायामा।।’बोलको पहिलो गीत सार्वजनिक भएको हो । गीतमा निमा रुम्बा र डेब्यु एक्ट्रेस कामना भुजेल फिचर्ड छन् । गीतमा यशकुमारको सङ्गीत, स्वर र शब्द रहेको छ भने यशकुमारलाई गीतमा विन्दु परियारले साथ दिएकी छिन् ।

मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । चलचित्र आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।

उपल्लो मुस्ताङको सेट खडा गरिएको चलचित्रको त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ । यसै चलचित्रबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here