बलिउड / २० नोभेम्बरमा बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले विवाह गर्ने कन्फर्म भएको छ । रणवीर र दीपिकाले विवाहसँग जोडिएका सबै तयारी सुरु गरेका छन् ।
३० जना पाहुना समावेश हुने यो ड्रिम वेडिङमा फिल्मफेयरको रिपोर्टका अनुसार, विवाह इटालीमा हुनेछ । दीपिका-रणवीरको विवाहको मिति फाइनल भएसँगै दुवैलाई बधाई मिल्न सुरु भएको छ ।
दीपिका-रणवीरभन्दा पहिला भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र एक्ट्रेस अनुष्का शर्माले पनि इटालीमा विवाह गरेका थिए ।
दीपिकालाई इटाली निकै मन परेको कारण एक्ट्रेसले डेस्टिनेशन वेडिङ प्लान गरेको उनको नजिकका व्यक्तिले जनाएका छन् ।
इटालीमा बिहेपछि यो जोडीले आफ्ना सबै साथीलाई मुम्बईमा ग्राण्ड रिसेप्शन दिनेछन् । कहिल्यै प्रेममा रहेको नस्वीकारेका दीपिका र रणवीर २०१३ देखि एकअर्कासँग डेट गरिरहेको जनाइन्छ ।
मिडिया क्षेत्रमा बेला बेला चर्चामा आउने यी दुईको प्रेम र ब्रेकअपको खबरका बीच अन्ततः बलिउडको धेरै चर्चित जोडी रणवीर र दीपिका एक अर्कामा दाम्पतिय जीवनमा बाधिँने पक्का भएका हुन् ।


















