अनामनगर र बिजुलीबजार बाढीले प्रभावित

582

काठमाडौँ/ अनामनगरदेखि बिजुलीबजारका बासिन्दा धोविखोलामा आएको बाढी वस्तीमा पस्दा त्यहाँका बासिन्दा प्रभावित भएका छन् ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बाढीले कपन नीलोपुल, गोपीकृष्ण, ओम अस्पताल, रातोपुल, कालोपुल, ज्ञानेश्वर, मैतीदेवी क्षेत्रका बासिन्दा धेरै प्रभावित भएको जानकारी दिनुभयो ।

गए रातिको अविरल वर्षाले निर्माणाधीन बिजुली बजारको पुल थुनिँदा अनामनगर, बिजुली बजारलगायका वस्तीमा पानी पसेपछि त्यस क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् । घर, पसल, विद्यालय, होटल, पब्लिकेशनलगायतमा पानी छिरेको थियो ।

Image result for अनामनगर र बिजुली बजार बाढीले प्रभावित

बाढीको क्षतिबारे बुझ्न बिहानै काठमाडौँ क्षेत्र नं १ का सांसद प्रकाशमान सिंह उक्त ठाउँ पुगेका थिए। उनले जनतासँग बाढीले पु¥याएको क्षतिबारे जानकारी लिदै बाढीपीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । उनले सो क्षेत्रमा आगामी दिनमा बाढी नपसोस् भन्नेबारेमा दीर्घकालीन उपाय खोज्नुपर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here