खगेन्द्र बाहिरिए ! ‘गोपी’मा विपिन-वर्षाको जोडी

280

चैत्र १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गोपी’मा आइतबार वर्षा सिवाकोटी बाहिरिएको दुई दिन पनि नबित्दै चलचित्रका मुख्य नायक खगेन्द्र लामिछाने पनि बाहिरिएका छन् ।

वर्षा सिवाकोटी बाहिरिएकोमा वर्षा राउत अनुबन्धित भएकी छिन् भने मगंलवार गोपी निर्माण युनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा खगेन्द्रको स्थानमा अर्का अभिनेता विपिन कार्की अनुबन्धित भएको जानकारी दिए ।

भर्खरै भित्रिएकी अभिनेत्री वर्षा राउतलाई चलचित्रको कथा मन परेको र वर्षा सिवाकोटीले छाडेको भूमिका राम्रो रहेको जनाइन् भने विपिनले चलचित्रको कथा मन परेको कारण नै आफूले छोटो समयमा चलचित्र साइन गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

निर्माण पक्षको अनुसार अभिनेत्री वर्षा सिवाकोटीले चलचित्रमा आफ्नो भूमिका छोटो भएको कारण नगरेको जनाएका छन् ।  यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here