पूर्व राजदूतलाई घरभित्रै चक्कु प्रहार गरी हत्या

229

काठमाडौँ / फ्रान्सका लागि नेपालका पूर्व राजदूत ८० वर्षीय केशवराज झाको काठमाडौंको थापाथली स्थित घर भित्रै मृत अवस्थामा भेटिएका छन् । उनको मृत शरीर छुरी प्रहार गरी हत्या भएको अवस्थामा भेटिएको छ ।

बबरमहलस्थित आफ्नै घरमा फेला पारिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन थापाले जानकारी दिए ।  मृत शरीर नजिकै चक्कु पनि भेटिएकाले हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना भएको उक्त घरमा केशवराज झासँगै उनको श्रीमती तथा कामदार बस्ने गरेका थिए । सिंहदरबार वृतका प्रमुख डिएसपी काजीकुमार आचार्यका अनुसार घटनाबारे बिहान साढे ६ बजे परिवारले थाह पाए पछि प्रहरीलाई खबर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here