काठमाडौं महानगरपालिकाले ११ प्रकारका सिफारिसमा कर नलिने, अन्यमा पनि कर घटायो

614

काठमाडौं/ काठमाडौं महानगरपालिकाले एक सार्वजनिक सूचना मार्फत ११ वटा फरक-फरक विषयमा कर नलिने र अरु केही विषयमा सामान्य मात्रै कर लिने निर्णय भएको जानकारी गराएको छ ।

देशव्यापी रुपमा स्थानीय तहले कर वृद्धि गरेको भन्दै चौतर्फि विरोध र आक्रोश भइरहेको बेला हिजो सोमबार महानगरले छात्रवृत्ति सिफारिश, विपन्न विद्यार्थी सिफारिश, अपांगता भएका नागरिकको सिफारिश, नागरिकता, आर्थिक अवस्था कमजोर भएको सिफारिश, अदालत शुल्क मिनाहा सिफारिश, नाबालक सिफारिश, जन्म, मृत्यु, विवाह, बसाइ सराइ, जन्मदर्तामा कुनै शुल्क नलाग्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here