काठमाडौं/ अमेरिकामा नेम्पा पपुलर फिल्म अवार्ड’ आयोजना हुने भएको छ। चलचित्र संघको संयोजकत्वमा अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म अमेरिकामा हुन लागेको ‘नेपाली राष्ट्रिय सम्मेलन २०१८’मा नेपाल फिल्म अवार्ड हुन लागेको हो।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्र संघले नेपाली फिल्मको विकास र विस्तारका लागि अमेरिकामा ‘नेम्पा पपलुर अवार्ड’ गर्न लागेको जनाएको छ।
अवार्डको तयारी पूरा भएको र सो अवार्डमा सहभागी हुन २५ जना कलाकार नेपालबाट अमेरिका जाने संघका अध्यक्ष प्रदीप कुमार उदयले आफूहरु यसै साता सो अवार्डमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने जानकारी गराए।
अवार्ड कार्यक्रममा नीर शाह, भूवन केसी, सुनिल थापा, रेखा थापा, झरना थापा, दिपकराज गिरी, दीपाश्री निरौला, अनमोल केसी, केकी अधिकारी, अर्जुन पोखरेल, निता ढुंगाना, जितु नेपाल, केदार घिमिरेलगायतका कलाकारहहरु अमेरिका पुग्ने संघले जनाएको छ ।
पपुलर फिल्म, निर्देशक, नायक, नायिका, सहनायक, सहनायिका, संगीतकार, हाँस्य कलाकार, गायक, गायिका, नवनिर्देशक, नवनायक विधामा अवार्ड बाँडिनेछ भने दशकको नायक, दशककी नायिका र लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ।
समारोहमा ४ हजारभन्दा बढी नेपालीहरुको उपस्थिति हुने अनुमान गरिएको छ।















