एउटा चोरको लागि ३ हजार पुलिस

274

जापानमा एकजोर जुत्ता चोर्ने चोरलाई ३ हजार जना पुलिसले धुइँपताल खोजिरहेका छन् । हुन त जूनया हिदा नामक उक्त व्यक्तिमाथि केवल चोरी मात्रको अभियोग थिएन । ऊ चोरी तथा बलात्कारको आरोपमा गिरफ्तार भई जापानको एक पुलिस चौकीमा हिरासतमा थियो । हालै ऊ पुलिस चौकीबाटै भागेर फरार भएपछि पुलिसले यत्रतत्र सर्वत्र उसको खोजी गरिरहेको हो ।

रोचक कुरा त के भने उक्त अभियुक्तले चौकीबाट भाग्ने बेलामा पुलिसकै जुत्ता चोरेर भागेछ ।२ महिनादेखि हिरासतमा रहेको ३० वर्षको उक्त युवक ओसाकास्थित टोन्डाबायसी पुलिस चौकीबाट पुलिसका जुत्ता नै चोरेर भागेपछि उसलाई खोजी गर्न जापानभर ३ हजार पुलिस खटिएका छन् । आइतबार पुलिसचौकीमा अभियुक्तलाई भेट्नका लागि उसका वकिल आएको मौका छोपी हातमा हतकडी खोलिएको बेला ऊ भागेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here