विप्लवबाट सरकारलाई गम्भीर चेतावनी

453

काठमाडौं/ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै केपी शर्मा ओली सरकारलाई चेतावनी दिएको छ ।

प्रेस विज्ञप्ती अनुसार पछिल्लो क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरु दिनदिनै जसो अपहरण शैलीमा गिरफ्तार गरी बेपत्ता पार्ने गरिराखेको छ । यहि क्रममा पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु पदम राई , ओम पुन, कृष्ण धमाला, मोहन कार्की ,केन्दीय  सदस्यहरु किरण राई, दिपेश राई, देवनारायण शाह, टेक बहादुर केसी लगायत दजर्नौ नेता कार्यकर्तालाई गिरफ्तार गरेर यातना दिइराखेको छ । यहि क्रममा गत भदौ ५ गते मात्र साङ्गठनिक कामको सिलसिलामा रहेका अर्का केन्दीय सदस्य चन्द्र बहादुर खड्का असललाई गिरफ्तार गरि अहिलेसम्म बेपत्ता पारेको छ भनेर जानकारी गराएको छ ।

सरकारले पार्टीका नेता कार्यकर्ता प्रति गरेको यो फाँसिवादी रवैयाको घोर भत्र्सना गर्दै सरकारले शृङ्ख्लापूर्ण गिरफ्तारी तुरुन्त रोकेर गिरफ्तार सबै कमरेडहरुलाई ससम्मान रिहा गर्न विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जोडदार माग गरेको छ । अन्यथा यो दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको सामाजिक फाँसिवादी सरकारका विरुद्ध सशक्त संङ्घर्ष गर्न बाध्य हुने प्रेस विज्ञप्तीमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here