कञ्चनपुरका संघर्षशील जनता माथि गरिएको दमनप्रति देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको घोर विरोध

286

काठमाडौं/ देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालद्वारा प्रेस वक्तव्य जारी गर्दै कञ्चनपुरमा भएको १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणमा वास्तविक अपराधीलाई पत्ता लगाई त्यसलाई सार्वजनिक गर्दै कडा भन्दा कडा कारवाही गर्न जोडदार माग गरेको छ ।

प्रेस वक्तव्यमा कञ्चनपुर जिल्ला, भिमदत्त पन्त नगरपालिका –२ की १३ वर्षीया वालिका निर्मला पन्तको वलात्कार पछिको हत्या जस्तो जघन्य अपराधमा नक्कली अपराधी खडा गरी वास्तविक अपराधीलाई जोगाउने षड्यन्त्र भएको कुरा उनका परिवार र स्थानीय जनताले दावी गरेको जनाइएको छ । यो सरकारको अत्याचारी, घृणित र अनैतिक काम हो र हामी यसको घोर निन्दा र भत्र्सना गर्दर्छौ । न्यायपूर्ण संघर्षलाई अघि बढाइरहनु भएका कञ्चनपुरका संघर्षशील जनता माथि गरिएको दमनको घोर भन्र्सना गर्नुका साथै प्रहरी दमनमा घाइते हुनु भएकाहरुको अविलम्ब उपचारको माग गर्दै उक्त संघर्ष प्रति दृढ समर्थन र दरिलो ऐक्यवद्धता पनि जाहेर गरेको प्रेस वक्तव्य मार्फत जनाइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here