भ्रष्टाचार र बलात्कारको आभियोगमा फाँसीको सजाय हुनुपर्ने पूर्व मन्त्रीको प्रस्ताव

132

काठमाडौं/ महिला हिंसाविरुद्ध संसदमा पेश भएको संकल्प प्रस्तावमाथि छलफलमा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्ने प्रस्ताव गरेका छन् । उनले मृत्युदण्डको कानून बनाउन नेपालले अब संयुक्त राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्नेमा जोड दिएका छन् ।

‘हामीले मृत्युदण्डको कानून नबनाउने गरी संयुक्त राष्ट्रसंघमा हस्ताक्षर गरेका छौं । त्यसैले सरकारले संयुक्त राष्ट्रसंघले यसका विरुद्ध प्रोटेस्ट हाल्नुपर्‍यो’ उनले भने ‘बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डसम्म जानुपर्छ ।’तामाङले भने

कतिपय अपराधमा नेपालमा मृत्युपर्यन्तको सजाय व्यवस्था भए पनि बलात्कार र भ्रष्टाचारमा भने मृत्युपर्यन्तले पनि नपुग्ने उनले जनाए । ‘मृत्यु पर्यन्तसम्मको सजायको कानून त बनेको छ तर यस्ता जघन्य अपराधमा त्यो तहसम्मको सजाय गर्न पर्छ’ समाजमा आमाहरुको संरक्षणका लागि पनि यस्तो कानून बनाउनुपर्ने उनले जनाए ।

समाजमा महिलालाई आमाको नजरले हेर्न सकेमा महिला हिंसाको घटना धेरै कम हुने भन्दै पूर्वमन्त्री तामाङले महिलालाई हेर्ने समाजको विकृत मनस्थितिका कारण पनि समस्या भएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here