ओली सरकारलार्इ चेतावनीसहित रोल्पामा विप्लव नेकपाको युवा मार्च शुरु

186

रोल्पा/ ओली सरकारको दमनलार्इ प्रतिरोध गर्ने चेतावनीसहित रोल्पामा नेकपाले शक्ति प्रदर्शन गरेको छ ।

नेकपाका नेताहरू गिरफ्तार गरेर राज्यआतंक सिर्जना गरिरहेको बेला रोल्पामा विप्लव नेकपाका युवाहरूले रातो मार्चपास गरेका छन् । नेकपाले आइतबार रोल्पामा सयौं युवाको सहभागितमा अभियान शुरू गरेको छ । अभियानको नेतृत्व नेकपाकी केन्द्रीय सदस्य सम्झना घर्तीले गरेकी छिन् ।

नेकपाको यो अभियान शुरू भएपछि जनयुद्धलार्इ धोका दिने प्रचण्डका नेताहरू  त्रसित भएको बुझिएको छ । यो अभियानले ओली सरकारको राज्य आतंकलार्इ चुनौती दिन ठूलो भूमिका खेल्ने योंग रेड फोर्स रोल्पाका नेताहरूले ज छन् जनाएका छन् ।

राज्य दमन बन्द गर, प्रतिरोध संघर्षलार्इ अगाडि बढाउँ भन्ने नारासहित ब्यानर बोकेर नेकपाका कार्यकर्ताहरू अभियानमा हिडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here